७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

भारतबाट अवैध रुपमा ल्याइएको कपडा बरामद

भारतबाट अवैध रुपमा ल्याइएको कपडा प्रहरीले बरामद गरेको छ। गुलरिया नगरपालिका–१० बाट प्रहरीले अवैध कपडा शुक्रबार बरामद गरेको हो।

सुर्खेतमा १७ टन अवैध चिनी बरामद

कैलालीबाट सुर्खेत तर्फ आउँदै गरेको भे१ख ३०४१ नम्बरको ट्रकबाट ठूलो मात्रामा चिनी बरामद भएको हो।

प्रहरीद्वारा एक करोड बराबरको अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ।

रौतहटमा दुई क्विन्टल बढी गाँजा बरामद

अस्थायी प्रहरी पोस्ट महादेवटी र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले सदरमुकाम गौरबाटै २०४ किलो गाँजा बरामद गरेको हो।

दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–६ स्थित चाँदनी चोकभन्दा पाँच सय मिटर दक्षिण नेपाल र भारतको दशगजा क्षेत्रमा नेपालतर्फ वेवारिसे अवस्थामा ६० बोरा चिनी प्रहरीले बरामद गरेको हो।

दश लाख बराबरको यार्सागुम्बा बरामद

अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो।

एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद

सवारी साधन चेकजाँचको क्रममा पश्चिमबाट पूर्वतर्फ गइरहेको को १ च ७५७७ नम्बरको एम्बुलेन्सको बिरामी बोक्ने सिटमा राखिएको पाँच बोरा तयारी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

६१ केजी लागुऔषध गाँजा बरामद

प्लाष्टिकमा प्याक गरी सिटी सफारीमा राखेर पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। उनका अनुसार इलाका प्रहरी कार्यालय रानीको टोलीले गाँजा बरामद गरेको हो।

बारामा गाँजा तस्कर र प्रहरी बिच गोली हानाहान

गाँजा तस्कर र प्रहरी बिच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एकजना गाँजा तस्करको मृत्यु भएको छ भने एकजना भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।

मधेसमा अवैध हतियारको त्रास

आर्थिक वर्ष २०७६ र ७७ मा ७१ थान अवैध हतियार बरामद भएको थिए भने त्यसमा संलग्न ९२ जना पक्राउ परेको प्रहरी तथ्यांक छ। गत वर्ष ५३ थान अवैध हतियार बरामद भएको र त्यसमा संलग्न ६८ जना पक्राउ परेको प्रहरीले जनाएको छ। चालु आर्थिक वर्षको मंसिरसम्म १२ थान हतियार बरामद भएका छन् भने त्यसमा संलग्न रहेका १९ जना पक्राउ परेको प्रहरी तथ्यांक छ।

प्रदेश २ मा तस्करराजः सीमाबाट सेटिङमा तस्करी

नेपालबाट भारत तस्करी हुनेमा एउटा आइटम थपिएको छ, इन्घन। अहिले वीरगन्जदेखि सप्तरीसम्मका सीमावर्ती क्षेत्रमा इन्धनको भारत तस्करी फस्टाएको छ। भारतभन्दा नेपालमा सस्तो हुँदा डिजेलको तस्करी हुन थालेको छ। नेपालको तुलनामा हाल भारतमा डिजेल र पेट्रोल क्रमशः २७ र ३० रूपैयाँ महँगो पर्छ। त्यसैले नेपालबाट भारततर्फ तस्करी बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्