८ वैशाख २०८१ शनिबार
समाज

दश लाख बराबरको यार्सागुम्बा बरामद

बाँके जिल्लाको जानकी गाँउपालिका १ पंचपोखरा ईलाकाबाट साउन ३० गते सशस्त्र प्रहरीले करीब १० लाख रुपैयाँ बराबरको ४ सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ।  

अवैध रुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले बरामद गरेको हो।  

सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथै सोही ठाउँमा छाडेर भागेका थिए।  

बरामद यार्सागुम्बा आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय नेपालगंज बाँकेमा बुझाइएको छ।    

प्रकाशित: ३१ श्रावण २०७९ ०५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App