७ वैशाख २०८१ शुक्रबार
समाज

रौतहटमा दुई क्विन्टल बढी गाँजा बरामद

रौतहटमा संयुक्त प्रहरी टोलीले दुई क्विन्टल भन्दा बढी लागू औषध गाँजा बरामद गरेको छ। अस्थायी प्रहरी पोस्ट महादेवटी र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले सदरमुकाम गौरबाटै २०४ किलो गाँजा बरामद गरेको हो।  

गौर नगरपालिकाको वडा नम्बर २ बकैया खोलाको किनारमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो। प्रहरीको गस्ती टोलीलाई देखेर १७ ओटा प्लास्टिकको पोकामा रहेको गाँजालाई फालेर कारोबारी फरार भएको थियो।  

प्रहरीको संयुक्त टोलीले बेवारिसे अवस्थामा रहेको गाँजालाई बरामद गरी गाँजाको विषयमा थप अनुसन्धान गरिरहेको छ। गाँजा तस्करबारे विषय सूचना संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपि सुनील मल्लले जानकारी गराएका छन्। 

प्रकाशित: १३ भाद्र २०७९ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App