५ वैशाख २०८१ बुधबार
समाज

बारामा गाँजा तस्कर र प्रहरी बिच गोली हानाहान

प्रहरीको गोलीबाट १ गाँजा तस्करको मृत्यु, १ जना नियन्त्रणमा

फायल तस्वीर

गाँजा तस्कर र प्रहरी बिच बुधबार राती सिम्रौनगढ नगरपालिका २ महुवाहीमा गोली हानाहान भएको छ। प्रहरीको गोलीबाट एकजना गाँजा तस्करको मृत्यु भएको छ भने एकजना भारतीय नागरिक पक्राउ परेको बारा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्त प्रहरी नायब उपरीक्षक राजेश थापाले बुधबार राति प्रहरीलाई देखेर गाँजा तस्करहरूले गोली चलाउँदा जवाफी कारवाहीमा नाम र ठेगाना नखुलेको एकजना गाँजा तस्करको मृत्यु भएको छ भने अर्का भारत बिहार मोतिहारी जिल्ला ग्राम पिपरा बस्ने हिरदेश गिरीलाई नियन्त्रणमा लिएको बताएका छन्।

७/८ जनाका समूहमा रहेका गाँजा तस्करहरूले  नेपालबाट भारततर्फ अवैध लागु औषध गाँजा लैजादै गरेको सूचना भएपछि उनीहरूलाई नियनत्रण गर्न खटेको प्रहरी टोलीलाई देखेर गोली चलाएको थापाले बताए।

तस्करहरूले प्रहरीलाई देखी फायर गर्दा प्रहरीको जवाफी फायरमा एकजना गोली लागेर घाइते भएको र घाइतेलाई कलैया अस्पतालमा उपचार गराउने क्रममा मृत्यु भएको नायब उपरीक्षक थापाले बताए।

मृत्यु भएका गाँजा तस्करको बारेमा पक्राउ परेका भारतीय नागरिक गिरीसँग बुझ्ने काम भइहेको उनले बताए।

घटनास्थलबाट प्रहरीले जुटको पाँचवटा बोरामा राखिएको ७५ किलो ग्राम गाँजा बरामद गरेको र गाँजालाई कहाँबाट लगाइएको बारेमा समेत अनुसन्धान सुरु गरिएको थापाले बताए।

प्रकाशित: १२ फाल्गुन २०७८ ०४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App