१० मंसिर २०८१ सोमबार
image/svg+xml

अझै सुल्झिएन डेडिकेटेड तथा ट्रंक लाइन महसुल विवाद

डेडिकेटेड तथा ट्रंक लाइन महसुलको विवाद निरूपण गर्न गठित जाँचबुझ आयोगको काम सुस्त देखिएको छ।

एक दिनमा ७२ पटक लोडसेडिङ !

भक्तपुरको सूर्य विनायक नगरपालिकाका एक जना पीडितले दिक्दार मानेर सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेखे, ‘भक्तपुरको सूर्य विनायक नगरपालिका एउटा यस्तो नगरपालिका होला जहाँ एक दिनमै ७२ चोटि लोडसेडिङ भइरहेको छ ।

बाटो, पानी, ग्याँस, इन्टरनेट ल्याईदिने कुरा विकास होइन आधारभुत आवश्यक्ता होः निश्चल बस्नेत

उनले हरेक नेपालीहरु नेतृत्वलाई खबरदारी गर्नसक्ने स्थितिमा पुग्नु जरुरी रहेको उल्लेख गरे। उनले भने, ‘म राजनीतिमा चासो राख्छु तर बुझ्दिन। पछिल्लो समयमा चित्त बुझ्दो काम भएको छैन। कतिपयले पछिल्लो समय गरेका कामहरुले अहिले धेरै परिवर्तनहरु आइरहेका छन्।

अघोषित लोडसेडिङविरुद्ध मलङवामा युवाहरुको प्रदर्शन

अघोषित लोडसेडिङ बन्द गर, विद्युत् कर्मचारीको लापरवाही नियन्त्रण गरजस्ता नारा लगाउँदै युवाहरुले मलङवामा प्रदर्शन गरेका हुन्। विद्युतको समस्या तत्काल समाधान नभए अर्को चरणको आन्दोलन गरिने प्रदर्शनमा रहेका विद्यार्थी नेता समिमबाबु पठानले बताएका छन्।

अघोषित लोडसेडिङले उपभोक्तालाई सास्ती

धादिङका अधिकांश स्थानमा अहिले विद्युतमा नियमितता छैन। छिनमै विजुली बल्छ छिनमै काटिन्छ। दिनको आधा समय त उपभोक्ताले विजुली प्रयोग गर्न पाएका छैनन्।

औद्योगिक लोडसेडिङले उद्योगी व्यवसायी थला पर्ने अवस्थामा: महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रमा दैनिक १२ देखि १६ घण्टाको लोडसेडिङ हुँदा उद्योगी व्यवसायी थला पर्ने अवस्थामा पुगेको जनाएको छ।

अघोषित लोडसेडिङको आपत

अहिले प्राधिकरणको भित्री रणनीति लोडसेडिङ सुरु भएको देखाउन नचाहने र भारतीय बजारबाट किनेको महँगो बिजुली सस्तोमा उद्योगलाई नदिने हो। यही कारण अघोषित लोडसेडिङ भइरहेको छ।

बिना जानकारी बिजुली काटिने समस्याको समाधान गर्दै प्राधिकरण

विद्युत् आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालिएको प्राधिकरणले जनाएको छ।

जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैनः प्राधिकरण

पछिल्ला दिनमा प्राधिकरणले जुम्लामा विद्युत्भार कटौती गरेको भन्दै आएको सूचनाका सम्बन्धमा कामु कार्यकारी निर्देशक शाक्यले भने, 'प्राधिकरणले जुम्लामा लोडसेडिङ गरेको भन्दै चर्चा भयो तर वास्तविकता त्यस्तो हैन, एक दिन बिराएर विद्युत् आपूर्ति हुँदै आएकामा अब दैनिकरुपमा विद्युत् आपूर्ति हुने व्यवस्था गरिएको हो, यसबाट स्थानीय खुशी भएको जानकारी पाएका छौँ।'

सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसइई तयारी गरिरहेका विद्यार्थीलाई बढी समस्या बनाएको छ। चर्को लोडसेडिङले आउने जेठमा एसइई तयारी गर्नका लागि सिमकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ।

‘कुनै पनि हालतमा लोडसेडिङ हुँदैन’

नेपाल विद्युत् प्राधिकरणका निमित्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले गत सोमबार र मंगलबार प्राविधिक समस्या सिर्जना हुँदा विद्युत् कटौती गर्नुपरेको स्पष्ट पारेका छन्। उक्त विषयलाई लिएर प्राधिकरणले विद्युत् कटौती गर्न थालेको भन्दै चौतर्फी रूपमा विरोध भएपछि शाक्यले शुक्रबार ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर केही समय प्राविधिक समस्या देखिए पनि अहिले त्यसलाई सल्टाइसकेको दाबी गरे।

लक्ष्मीपूजामा लोडसेडिङ हुुँदैन: प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले उज्यालो पर्व तिहारको लक्ष्मीपूजाको दिन निर्धक्क भएर बिजुली बाल्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

‘डेडिकेटेड र ट्रंक लाइनको व्यवस्था खारेज गर’

मुलुकमा लोडसेडिङ अन्त्य भएको घोषणा गरे पनि नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुबाट प्रिमियम शुल्क लिन डेडिकेटेड र ट्रंक लाइन कायममै राखेको भन्दै यो व्यवस्था हटाउन उद्योगीले माग गरेका छन् । विद्युत् उत्पादन बढेर सरप्लस भएकाले सबै उद्योगलाई साधारण औद्योगिक फिडरसरह विद्युत् महसुल निर्धारण गर्न आग्रह गरेका हुन् ।

कुलमानका बिजुली गफ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकारी कुलमान घिसिङको प्रशंसा गर्नेहरुको ठूलो जमात छ । लोडसेडिङका काला दिनहरु भोग्नेहरुका लागि उनको योगदान अतुलनीय देखिन्छ । हुन पनि हो, दैनिक १६ घण्टासम्म लोडसेडिङ भोग्ने नेपालीले राहत पाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्