२४ वैशाख २०८१ सोमबार
image/svg+xml

रोकियो तटबन्ध निर्माण

भारतीय पक्षले एकतर्फी रूपमा सिमाना मिचेर निर्माण गरिरहेको तटबन्धको काम भारतले रोकेको छ। नेपाली पक्षको व्यापक दबाबका कारण भारतीय पक्षले निर्माण कार्य रोक्न बाध्य भएको हो।रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले दुई देशका सम्बन्धित जिल्लाका पदाधिकारीहरूको बैठकले गरेको निर्णय विपरित भारतीय पक्षले रौतहटको ईशनाथ नगरपालिकासँग जोडिएको भारतको सिमानाको दशगजा क्षेत्रमा भारतले तटबन्धको अनधिकृत विस्तार थालेपछि रोक्न पहल गरेका थिए।

धार्चुलामा रहेका नेपाली ल्याउन सर्वोच्चमा रिट

भारतको धार्चुलामा रोकिएका सात सयभन्दा बढी नेपालीलाई नेपाल ल्याउन सरकारको नाममा आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

भारतबाट नेपाल फर्किने नागरिकमाथि विशेष निगरानी

भारतमा कोरोनाको प्रभाव बढ्दै गएपछि भारतबाट नेपाल फर्किनेको संख्या बढेको छ। कामको खोजी, रोजगार तथा अध्ययनका लागि भारत गएकाहरु धमाधम घर फर्किन थालेका छन्। भारतबाट घर फिर्ता आउँदै गरेकाहरुलाई रौतहटको विभिन्न नाकामा कोरोनाको स्क्रिनिङ भइरहेको छ। सदरमुकाम गौर, बंकुल, औरैया, राजपुरलगायतको नाकामा भारतबाट नेपाल आउनेहरुलाई चेकजाँच गरिदै छ। हेल्प डेस्क स्थापना गरेर नै चेकजाँच भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताएका छन्।

नेपाल–भारत खुला सिमानाको असर, राजस्व संकलनमा चुनौती

नेपाल–भारत खुला सीमाका कारण अवैध रुपमा सामान निकासी, पैठारी हुँदा राजस्व संकलन गर्न नेपालगन्ज भन्सार कार्यालयमाथि चुनौती थपिएको छ।

कोलम्बियाको सिमाना बन्द गर्ने निर्णय

कोलम्बिया सरकारले सिमानाका बन्दको घोषणा गरेको छ। अन्य देशसँगको आवाजजावत बन्द गर्नेगरी नाकाबन्दी घोषणा गरिएको अधिकारीले जनाएका छन्।

सर्लाहीमा पनि मोदीको पुत्ला जलाइयो

नेपालको लिपुलेकसहितको भू–भागलाई आफ्नो देशको नक्साभित्र समावेश गर्दै नयाँ नक्सा सार्वजनिक गरेको भन्दै बिहिबार दिनभर सर्लाहीमा पनि विरोध प्रदर्शन भएको छ।

चीन रिझाउन हिमालका ७३ क्षेत्र निषेधित

चीनसँग सिमानामा जोडिएका ताप्लेजुङदेखि दार्चुलासम्मका ७३ स्थानलाई नेपाल सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ। चीनसँग सीमा जोडिएका अधिकांश क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेको हो। सरकारले निषेध गरेको स्थानमा निर्वाध हेलिकोप्टर, ड्रोन उडानमा समेत रोक लगाएको छ।

भेनेजुएला–कोलम्बिया सीमा चार महिनापछि खुला

भेनेजुएला र कोलम्बियाको बन्द रहेको सिमाना चार महिनापछि पहिलोपटक खुलेको छ। सीमा खुलेसँगै दशौं हजार मानिसले सीमा पार गरेको अधिकारीहरुले बताएका छन्। फेबु्रअरी महिनामा विपक्षी नेता उवान गुआइडोले अमेरिकी समर्थनको मानवीय सहायता भित्र्याउने तयारी गरेपछि राष्ट्रपति निकोलस मादुरोको अनुरोधमा दुई देशबीचको सीमा बन्द गरिएको थियो।

स्थानीय तहको सिमाना अद्यावधिक गरिँदै

संविधान अनुसार सङ्घीयता कार्यान्वयन भएर प्रदेश तथा स्थानीय तह गठनपछि गण्डकी प्रदेशमा पहिलो पटक स्थानीय तहको सिमाना अद्यावधिक गर्न शुरु गरिएको छ।

तस्कर समूह सक्रिय

अवैध तरिकाले नेपाल भित्र्याइँदै गर्दा ठूला परिमाणका मालवस्तु बरामद हुने क्रम ह्वात्तै बढेको छ। भारतसँग खुला सिमानाको फाइदा उठाउँदै तस्करीमा संलग्न हुनेहरूले दिनदिनै ठूलो परिमाणमा भन्सार छलीको मालवस्तु नेपाली बजारमा भित्र्याउने गरेका छन्।

रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड

नेपाल–भारत खुल्ला सिमानाका कारण नेपालगन्जमा दैनिक उपभोग्य वस्तुको मूल्य घटबढ हुने गरेको छ। उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु प्रायः यहाँका व्यापारीले भारतबाटै आयात गर्छन्। भन्सार महसुल तिरेर आयात हुने र अवैध रुपमा भित्रिने सामानको बिक्री मूल्य फरक पर्छ। यसले नेपालगन्जको बजारलाई समेत प्रभाव पार्ने गरेको व्यापारी बताउँछन्। पसलपिच्छे दैनिक उपभोग्य प्वस्तुको मूल्यमा अन्तर देखिन्छ।

कोइरालाको ‘सिमाना खोज्दै’ विमोचित

पूर्वप्रशासक लक्ष्मीविलास कोइरालाद्वारा लिखित ऐतिहासिक उपन्यास ‘सिमाना खोज्दै’ शुक्रबार राजधानीमा विमोचन गरिएको छ।

आप्रवासी राेक्न मेक्सिकोतर्फको सीमा बन्द गर्छु : राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको मेक्सिकोसँगको सबै सिमाना बन्द गरिदिने चेतावनी दिएका छन्।  अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा मध्य अमेरिकी देशहरूबाट आप्रवासीको आगमन जारी रहेको र त्यस क्रममा शान्ति सुरक्षामा बाधा पुगेको भन्दै उनले सीमानासँगै मेक्सिकोसँगको व्यापारसमेत बन्द गरिदिने चेतावनी दिएका हुन्।

सिमानाकाकाे निगरानी सिसिटिभी क्यामराबाट

नेपाल भारतबीचकाे प्रमुख व्यापारिक नाका वीरगन्ज–रक्साैल सिमाना स्थित शंकाराचार्य द्वार पार गर्न अब ६ तिरबाट लगाइने सिसिटिभी क्यामेराको निगरानीबाट गुज्रिनु पर्ने भएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्