४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी

दोलखाकी सरिता भुजेलको परिवारले चार वर्षअघि एक म्यानपावर कम्पनीलाई ३० लाख रूपैयाँ बुझाए पनि अहिलेसम्म विदेश जाने साइत जुरेको छैन। काठमाडौंको सिनामंगलस्थित विस एचआर सोलुसन म्यानपावरका सञ्चालक तुल्सीप्रसाद श्रेष्ठले सरिताबाट जापान पठाइदिने भन्दै १० लाख र उनकै दिदीका दुई छोराबाट अमेरिका पठाइदिने भन्दै २० लाख लिएका थिए।

अनलाइनमार्फत ठगी गर्ने पक्राउ

अनलाइनमार्फत झुट्टा ‘रिसिप्ट’ पठाई नेपाली रु १० लाख ९५ हजार पाँच सय रकम ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

युरोप र अमेरिका पठाउने भन्दै ठगी

विभिन्न विकसित मुलुकमा नेपाली कामदारको माग बढेसँगै ठगीका घटना पनि वृद्धि हुँदै गएको वैदेशिक रोजगार विभागको स्वीकारोक्ति

रकम ठगी गर्ने चार जना पक्राउ

काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिने भन्दै रकम ठगी गरेका अभियोगमा चार जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको छ।

ओशो वर्ल्ड कन्सल्टेन्सीको ठगी धन्दा: लाखौं कुम्ल्याएर सञ्चालक फरार

माल्टा, साइबेरिया, रोमानिया, पोल्याण्ड, कोरिया लगायतका देशमा रोजगारी दिलाउने भन्दै ओशो वर्ल्ड कन्सल्टेन्सीले ७० जनाभन्दा धेरै व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेको खुलेको छ।

फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरूका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

वैदेशिक रोजगारीमा पीडितभन्दा पीडक धेरै

धरान, इटहरी र हेटौंडाका १० जना युवालाई पोखरेल दम्पतीले वैदेशिक रोजगारीको बहानामा ठगी गरेका छन्।

चेक बाउन्सदेखि सहकारी ठगी दोब्बरले बढ्यो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले सहकारीका बचतकर्ताको करोडौं रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित कर्मचारीहरू रमेश खैजू, शिवप्रसाद पौडेल र रसना शाक्यलाई पक्राउ गर्यो।

भ्रष्टाचार प्रोत्साहन गर्ने कानुन

संवैधानिक प्रावधान र मर्म विपरीत नीतिगत भ्रष्टाचारका नाममा हुने ठूला ठूला भ्रष्टाचार मामिलाबारे नियन्त्रक निकायले अनुसन्धान गर्न नपाइने गरी ऐनमा भएको व्यवस्थालाई परिमार्जन गर्न राष्ट्रिय सभाले उपयुक्त देखेको छैन। यस प्रकार संसद्बाट भ्रष्टाचारलाई स्पष्टरूपमा प्रोत्साहन दिने काम भइराखेको छ।

वैदेशिक रोजगारमा बढ्दो ठगी

बिचौलियाको गफ र आश्वासनमा मख्ख परेर खेत बेचेरै किन नहोस्, पैसाको बिटो कसैले थाहा पाइहाल्ला कि भनेर सुम्पिहाल्ने अनि अन्तिममा केही सिप नलागेपछि बल्ल रुँदै-कराउँदै अर्धन्यायिक÷न्यायिक निकाय धाउने चलनले पनि ठगहरूलाई प्रोत्साहन दिइरहेको छ।

सिंगापुरको सपना देखाउँदै ३९ जनाबाट १० करोड ठगी

आफुलाई पत्रकारको रूपमा चिनाउने सुजन आचार्यले विभिन्न जिल्लाका ३९ युवालाई विदेश लैजान भनेर ठगी गरेको खुलासा भएको छ। आचार्यले सिंगापुरको सपना देखाउँदै उनीहरूलाई बिल्लिबाँठ गराएको पाइएको हो। सबैसँग गरी आचार्यले १० करोड रूपैयाँ ठगी गरेको दाबी गरिएको छ।

शरणार्थी प्रकरणः दर्ता गरिएका अभियोगमा यस्तो कारवाही हुनसक्छ (विस्तृतमा)

२७ करोड ८१ लाख रूपैयाँ बिगो माग दाबी गर्दै ३० जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, सरकारी किर्तेको एकीकृत कसुरमा अभियोजन लगाएर मुद्दा दर्ता गरिएको हो।

एभरेष्ट बैक ठगी प्रकरण: प्रहरीको प्रारम्भिक अनुन्धानमै ठगी गरेको स्वीकार

वचतकर्ताले बैंकमा राखेको रकम ठगी गरेको आरोपमा एभरेष्ट बैकका सात जना कर्मचारीहरुको प्रहरीले बयान थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्