१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पुनर्कर्जा आधाभन्दा बढी पर्यटनमा

राष्ट्र बैंकका अनुसार ४ महिनामा ४ अर्ब ९५ करोड रूपैयाँ पुनर्कर्जा पर्यटन क्षेत्रमा गएको छ। यो यस अवधिमा प्रवाह भएको कर्जाको ५५.०६ प्रतिशत हो।

चार महिनामा नौ अर्ब पुनर्कर्जा: आधाभन्दा बढी पर्यटन क्षेत्रमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो चार महिनामा (साउन–कात्तिकसम्म) करिब नौ अर्ब रूपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ।

चालु वर्षको पहिलो महिनामा १८ प्रतिशतले घट्यो रेमिटेन्स

नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा विदेशमा रहेका नेपालीबाट ७५ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स प्राप्त भएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब १८ प्रतिशतले कमी हो।

एक वर्षमा डेढ खर्ब पुनर्कर्जा

पुनर्कर्जा कोषमा रहेको ४२ अर्ब ५० करोड रूपैयाँको पाँच गुणासम्म पुनर्कर्जाका रूपमा प्रवाह गर्न पाउने कार्यविधि अनुसार ७० प्रतिशत (एक खर्ब ४८ अर्ब रूपैयाँ) बैंक तथा वित्तीय संस्थाले एकमुष्ठ रूपमा लगानी गर्न पाउँछन्।

पुनर्कर्जा सुविधा यथावत

कोरोना महामारीको बेला उद्योग, व्यवसाय र बैंक तथा वित्तीय क्षेत्रलाई धराशयी हुनबाट बचाउन महत्वपूर्ण भूमिका खेलेको पुनर्कर्जा सुविधा आर्थिक वर्ष २०७८/७९ मा पनि यथावत रहने भएको छ।

व्यवसायीलाई पुनर्कर्जाः लगानीमा सहजता

तीन दिनअघि राष्ट्र बैंकले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाले पनि पुनर्कर्जा पाउने निर्णय गर्‍यो। पुनर्कर्जा कार्यविधि संशोधन गर्दै केन्द्रीय बैंकले गरेको यस्तो व्यवस्थाले साना व्यवसायीलाई अब स्रोतको अभाव नहुने भएको छ। यसले मुलुकमा लगानी सहज बनाउन सहयोग गरेको छ।

बागमतीमा १७ अर्ब पुनर्कर्जा जाँदा कर्णालीमा सात करोड

नेपाल राष्ट्र बैंकले कोराना प्रभावित व्यवसायलाई राहतस्वरूप उपलब्ध गराएको पुनर्कर्जा सबभन्दा बढी बागमती प्रदेशका उद्योगी, व्यवसायीले लिएका छन्। राष्ट्र बैंकका अनुसार हालसम्म बागमती प्रदेशका उद्योग, व्यवसायलाई १७ अर्ब ३१ करोड ९० लाख रूपैयाँ पुनर्कर्जा प्रवाह गरिएको छ।

कोरोना प्रभावित व्यवसायीलाई ८२ अर्ब पुनर्कर्जा

नेपाल राष्ट्र बैंकले पहिलो चरणमा कोरोना महामारीबाट समस्यामा परेका उद्योगी, व्यवसायीलाई ८२ अर्ब रूपैयाँ पुनर्कर्जा वितरण गरेको छ।

पुनर्कर्जालाई ५८ अर्ब स्वीकृत

कोरोना महामारीका कारण समस्यामा परेका उद्योग, प्रतिष्ठानका लागि पुनर्कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले ५८ अर्ब रूपैयाँ स्वीकृत गरेको छ ।

पुनर्कर्जामा आवेदन दिने म्याद थप

कोरोना महामारीका कारण समस्यामा परेका उद्योगी, व्यवसायीका लागि पुनर्कर्जामा आवेदन गर्ने म्याद थप गरिएको छ। सोमबार नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका लागि आवेदन दिने म्याद थप गरेको हो।

एक प्रतिशत ब्याजमा २० अर्ब पूनर्कर्जा दिन आग्रह

मुलुकका गरिव तथा विपन्न वर्गलाई बिनाधितो लघुकर्जा दिने उदेश्यले स्थापना भएका लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकलाई एक प्रतिशत ब्याजदरमा पूनर्कर्जा दिन आग्रह गरेका छन्।

राष्ट्र बैंकले १ , बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याजमा पुनर्कर्जा दिने

कोरोनाको संक्रमणको अवधीमा महंगो ब्याज तिर्न नसक्ने वर्गका लागि नेपाल राष्ट्र बैंकले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। मुलुक कोभिड–१९ को चपेटामा परेका बेला राष्ट्र बैंकले विगत चार वर्षदेखी उपलब्ध गराउँदै आएको पुनर्कर्जाको ब्याजदर कम गर्न नयाँ कदम चालेको हो।

पुनर्कर्जाको सीमा १० करोडमा सिमित

बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले सहुलियत ब्याजदरको पुनर्कर्जाको सीमा घटाउने भएको छ। यसअघि एक जना व्यापारी वा समूहलाई ५० करोड रुपैयाँसम्म पुनर्कर्जा दिन सक्ने व्यवस्था रहेकोमा अब १० करोड रुपैयाँ सिमित हुने भएको छ।

मुख्य सहरमै उपयोग भएको छैन पुनर्कर्जाको सुविधा

काठमाडौं उपत्यका बाहिरका मुख्य सहरमा समेत पुनर्कर्जाको सुविधा उपयोग नभएको नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणले देखाएको छ। काठमाडौं बाहिरका विराटनगर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, विरेन्द्रनगर र धनगढीमा गरिएको सर्वेक्षणले पुनर्कर्जाको सुविधा उपयोग नभएको देखाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्