४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पिसीआर रिपोर्ट नआउँदै घर पठाइए संक्रमित

रुपन्देहीमा आइतबार कोरोना संक्रमण पुष्टि भएकाहरूलार्ई यसअघि नै क्वारेन्टिनबाट घर पठाइएको पाइएको छ । मर्चवार स्थित सम्मरीमाइ गाँउपालिका वडा न ५ का २ जना र वडा नं. ७ का एक जनाको आज कोरोना रिपोर्ट पाजेटिभ आएको छ ।

पोखराका ३३ वटै वडामा क्वारेन्टिन स्थल बनाउन महानगरको निर्देशन

कोरोना भाइरसको संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपछि पोखरा महानगरपालिकाले महानगरपालिकाका ३३ वटै वडालाई क्वारेन्टिन स्थलको व्यवस्था गर्न निर्देशन दिएको छ । महानगरपालिले भने दुई वटा क्वारन्टिनको व्यवस्था गरेको छ । पोखराको मालेपाटनस्थित कृषिको होस्टेल र राल्पारोडस्थित लेकसिटि रिसर्च एण्ड हस्पिटलमा महानगरले क्वारेन्टाइन सञ्चालन गरेको छ ।

रौतहटको क्वारेन्टिनमा तीन हजार मानिस

रौतहटको क्वारेन्टिनमा भारतबाट आउनेको संख्यामा ह्वात्तै वृद्धि भएको छ । जिल्लाको विभिन्न २६ क्वारेन्टिनमा बस्नेको संख्या करिब तीन हजार पुगेको छ ।

तारे होटललाई क्वारेन्टिन बनाउने विषय टुंगिएन

कोरोना भाइरसको बढ्दो संक्रमणबीच सरकारले विदेशमा रोजगारी गुमाएका लाखौं नेपालीको उद्धार गर्न गृहकार्य थालेको छ । अलपत्र नेपालीको उद्धार मिति टुंगो नभए पनि नेपाल ल्याएर क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न छलफल चलिरहेको होटल व्यवसायीले बताएका छन् ।

भारतीय क्वारेन्टिनमा नेपालीको मृत्यु, मेडिकल कलेजलाई कारबाहीको चेतावनी

नेपाल–भारत सिमापारि नौतनवा क्वारेन्टिनमा एक नेपालीको मृत्यु भएको छ । रोजागारीको क्रममा भारतको अलिगढमा काम गर्दै आएका स्याङजा निवासी ३२ वर्षीय युवाको नेपाल फर्किने क्रममा मृत्यु भएको हो । लकडाउनको समयमा कर्म स्थलबाट जन्मस्थल तर्फ आउदै गर्दा सीमापारीको क्यारेन्टिनमै मृत्यु भएको छ ।

एकै दिन पाँच सय बढी क्वारेन्टिनमा

पछिल्लो २४ घण्टामा १८ जना क्वारेन्टिनबाट घर फर्किएका छन् । रोजगारीका लागि भारत गएका कर्णालीवासीलाई अनिवार्यरूपमा २१ दिन क्वारेन्टिनमा बसेर मात्र घर पठाउने प्रदेश सरकारले निर्णय गरेको छ । सोहीअनुसार भारतबाट फर्किएका उनीहरूलाई क्वारेन्टिनमा राखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

भारतको क्वारेन्टिनमा बसेको युवकमा कोरोना संक्रमित

भारतबाट क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकलाई कोरोना संक्रमित भएको पुष्टि भएको छ । भारतीय प्रहरीले जेठ १ गते १सय २ बिभिन्न क्वारेन्टिनमा बसेका नेपालीलाई मुर्तीहा सीमाबाट नेपाल पक्षलाई बुझाएको थियो ।

खोटेहाङको क्वारेन्टिन रित्तिदै

खोटाङको खोटेहाङ गाउँपालिकाको क्वारेन्टिन रित्तिदै गएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि जिल्ला बाहिर तथा विदेशबाट आएका व्यक्तिलाई राख्नका लागि बनाइएको क्वारेन्टिनमा बस्नेको संख्या न्यून हुँदै गएको हो ।

क्वारेन्टिनमा बस्नेलाई निःशुल्क आयुर्वेदिक औषधि र योग प्रशिक्षण

सदरमुकाम त्रियुगा नगरपालिकाको जनता क्याम्पस मोतिगडा क्वारेन्टिन बस्नेहरुलाई कोरोना भाइरस (कोभिड–१९) बाट बँच्न रोगप्रतिरोधात्मक आयुर्बेदिक औषधि र योग प्रशिक्षण दिन सुरु गरिएको छ । सगरमाथा अञ्चल आयुर्वेदिक औषधालय उदयपुरले क्वारेन्टिनमा बस्नेलाई कोरोनासंग लड्न निःशुल्क प्रतिरोधात्मक औषधि वितरण गर्दै योग प्रशिक्षण दिन थालेको हो ।

क्वारेन्टिनमा निःशुल्क आयुर्वेदिक औषधि र योग प्रशिक्षण

सदरमुकाम त्रियुगा नगरपालिकाको जनता क्याम्पस मोतिगडा क्वारेन्टिन बस्नेहरुलाई कोरोना भाइरस (कोभिड–१९) बाट बच्न रोगप्रतिरोधात्मक आयुर्वेदिक औषधि र योग प्रशिक्षण दिन सुरु गरिएको छ । सगरमाथा अञ्चल आयुर्वेदिक औषधालय उदयपुरले क्वारेन्टिन बस्नेलाई कोरोनासँग लड्न निःशुल्क प्रतिरोधात्मक औषधि वितरण गर्दै योग प्रशिक्षण दिन थालेको हो ।

क्वारेन्टिनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने

विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ।

भारतबाट हजारौँ नागरिक नेपाल भित्रिएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या

खुला सीमानाका कारण भारतबाट दिनदिनै हजारौँ नागरिक नेपाल भित्रिदा क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएको छ । नेपालमा कोरोना संक्रमणको जोमिख बढिरहेका बेला खुला सिमानाका कारण भारतबाट हजारौँ मानिस नेपाल भित्रिदा व्यवस्थापनमा समस्या देखिएको हो ।

क्वारेन्टिनस्थलमै स्वाब संकलन गरिदैँ

कोरोना भाइरसको परीक्षणका लागि स्वाब संकलन क्वारेन्टिन स्थलमै गरिने भएको छ। अस्पतालमा रहेका कोरोना आशङ्का गरिएका बिरामीको सम्बन्धित अस्पतालले स्वाब संकलन गरी पठाउनेछन्।

नाकामै क्वारेन्टिन राख्न महामन्त्री खड्काको सुझाव

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशको मुख्य प्रवेश नाका बबई नजिकैको बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने खाली जमिनमा भारतबाट आउने नागरिकहरु राख्नका लागि क्वारेन्टिन र स्वास्थ्य परीक्षण केन्द्र राख्न सुझाव दिएका छन् । प्रदेश सरकारले भेरीगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र छिन्चु नजिकै क्वारेन्टिन र परीक्षण केन्द्र राख्ने निर्णय गरेसँगै आन्दोलन सुरु भएको छ ।

प्रदेश २ : प्रादेशिक क्वारेन्टिन १४ दिनका लागि सिल

प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधाम नजीकै बनाइएको प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि सिल गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्