१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पिसीआर रिपोर्ट नआउँदै घर पठाइए संक्रमित

प्रदेश ५ क्वारेन्टिनको गम्भिर लापरबाही

रुपन्देहीमा आइतबार कोरोना संक्रमण पुष्टि भएकाहरूलार्ई यसअघि नै क्वारेन्टिनबाट घर पठाइएको पाइएको छ । मर्चवार स्थित सम्मरीमाइ गाँउपालिका वडा न ५ का २ जना र वडा नं. ७ का एक जनाको आज कोरोना रिपोर्ट पाजेटिभ आएको छ । तर ती संक्रमितहरूलाई हिजै क्वारेन्टिनबाट घर पठाइएको थियो । घर पठाइएकाको रिपोर्ट पोजेटिभ आएपछि गाँउपालिकाले आइतबार साँझ हतार हतार संक्रमितहरूलाई घरबाटै उठाएर फेरी क्वारेन्टिन ल्याएको छ ।  

तीनै जना संक्रमित बसेको वडा नं. ५ र ७ को क्वारेन्टिनमा रहेका ६६ जनालाई पिसीआर रिपोर्ट नआउदै शनिबार दिउसो घर पठाइएको थियो ।

संक्रमित तीनै जना परिवारसंग मात्रै नभइ गाँउ छिमेकका समेत घुलमिल भएर खुसी मनाएको स्थानीयले बताएका छन्। सम्मरीमाइ ५ का एक जना स्थानीयले आफनो वडाका दुवै जना संक्रमित दिउसो चोकको चिया पसलमा समुहका बसेर चिया पिउदै गफ गरेको बताए । उनका अनुसार एक जना इदको सामान किन्न बजार पनि गएका थिए । आइतबार भेटिएका संक्रमितहरू परिवार सगै छिमेकी र साथीभाइहरूसंग पनि घुलमिल भएकाले सम्मरीमाइको वडा न ५ र ७ मा त्रास फैलिएको छ ।

सम्मरीमाइ ५ का ४६ जना र वडा न ७ का २० जना बैशाख २७ गते भारतको बम्बै र दिल्लीबाट फर्केका हुन । उनीहरूलाई २७ गतेदेखिनै क्वारेन्टिनमा राखीएको थियो । जेठ ४ गते उनीहरूको पिसीआर टेष्टकालागि थ्रोट स्वाब संकलन गरी टेकु पठाइएको थियो । रिपोर्ट आउन ढिलाई भएको भन्दै शनिबारै गाँउपालिकका अध्यक्ष जितेन्द्रनाथ शुक्ला प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पुगेका थिए । त्यहाका अधिकारीसंग शुक्लाले क्वारेन्टीनमा बस्नेहरूलाई सम्हाल्नै नसकेको भन्दै छिटो रिपोर्ट दिए घर पठाइदिने जिकीर गरेका थिए ।  

प्रयोगशालाका अधिकारीले टेकुका निर्देशकलाई फोन गरेर रिपोर्ट छिटो पठाइदिन आग्रह गरेपछि त्यहाँबाट हिडेका शुक्लाले गाँउ पुगेर दुइवटा क्वारेन्टिनमा बस्नेहरूलाई छोडन निर्देशन दिएका हुन । पालिकाका स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझी र मर्चवारका कोरोना फोकल पर्सन केदारनाथ शाहको मिलेमतोमै संक्रमितलाई रिपोर्ट नआउदै घर पठाइएको हो । क्वारेन्टिनमा भरीदा पछिल्लो समय भारतबाट आएकालाई राख्न नपाइएको र क्वारेन्टिनका उग्र भएको भन्दै गाँउपालिका अध्यक्ष शुक्ला,स्वास्थ्य इन्चार्ज माझी र जिल्ला स्वास्थ्य कार्यालयका निरीक्षक समेत रहेका फोकलपर्सन शाहले क्वारेन्टिनमा बसेकालाई घर पठाएको स्थानीयले बताए । गाँउपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्लाले भने यसबारे प्रतिक्रिया लिन खोज्दा फोन उठाएर नसुकेको भन्दै काटिदिए । स्वास्थ्य इन्चार्ज माझीले फोन अफ गरेर बसेका छन्। शाहले भने फोन उठाएपनि हाकीमको फोन आएको भन्दै प्रश्नको जवाफै नदिइ काटिदिए ।

सम्मरीमाइकै प्रदेश सभा सांसद अष्टभुजा पाठकले पिसीआर रिपोर्ट नआउदै क्वारेन्टिनमा बसेकालाई घर पठाउनु गम्भिर लापरबाही भएको बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाका प्रमुख डा राजेन्द्र गिरीले स्थानीय तहहरूले गाइडलाईन फलो नगर्दा क्वारेन्टिनहरूबाटै कोरोना संक्रमण फैलने खतरा बढीरहेको बताए । ‘पालिकाका प्रमुख, जनप्रतिनिधि र स्वास्थ्य कर्मीहरूले नै लापरबाही गर्छन भने आम सर्बसाधारणबाट के अपेक्षा गर्ने’ डा गिरीले भने ।  

पालिकाहरूले आफना नागरिकहरू बाहिरबाट कती फर्कदैछन्भनेर तथ्याङ्क संकलन गरी सोही अनुरुप क्वरेन्टाइन व्यवस्थापन गर्ने भनिएपनि सम्मरीमाइ गाँउपालिकाले भने न क्वारेन्टिनको क्षमता बढाएको छ । न भएका क्वारेन्टीनहरूलाई व्यवस्थित गरेको छ । जसका कारण क्वारेन्टिनहरू नै संक्रमण फैलाउने अखडा बनीरहेका छन्।  

यसअघि सम्मरीमाइकै क्वोन्टाइनमा बस्नेहरू आपसमै लडेको,पालिकाकाले किरा परेको चामलको भात खान दिएको,क्वारेन्टिनहरूलाई व्यवस्थित नगर्दा गाँउमा संक्रमण फैलने डर भएको भन्दै गाँउलेले आन्दोलन गरेको जस्ता घटना बाहिरीएका छन्। सम्मरीमाइमै एउटै कोठामा ५९जना सम्म राखीएको छ । केही क्वारेन्टिनमा सौचालय नहुँदा सौचकालागि खेतमा जानुपर्ने बाध्यता छ । ती क्वारेन्टिनहरूमा स्वास्थ्य कर्मीको निगरानी सुन्य प्राय रहेको स्थानीय बताउछन्।

प्रकाशित: ११ जेष्ठ २०७७ १८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App