४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अस्पताल भरिएपछि संक्रमित क्वारेन्टिनमै

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ९ जना कोराना संक्रमित थपिएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशाला परीक्षणको रिपोर्टमा डाकनेश्वरी नगरपालिमा एक र ८ पुरुष गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

क्वारेन्टिन बनाउने भएपछि विद्यालय नै भत्काइयो

कोरोना भाइरस(कोभिड १९)बाट बच्नका लागि प्रयाः सबै ठाउँबाट जिल्ला बाहिर तथा विदेशबाट आएकालाई क्वारेन्टिनमा राख्ने गरिएको छ। गाउँ नजिकै रहेका विद्यालयमा ती क्वारेन्टिन निर्माण गरिएको छ।

होटललाई क्वारेन्टिन बनाउन सरकारलाई सुझाव

क्वारेन्टिन अनुगमन तथा सहजिकरण समितिले होटलहरुलाई क्वारेन्टिन रुपमा प्रयोग गर्न सरकारलाई सुझाव दिएको छ। शुक्रबार प्रतिवेदन बुझाउँदै समितिले देशभरीका होटल, रिसोर्ट, लज र होमस्टेहरुलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्न सुझाव दिएको हो।

रौतहटमा स्थानीय र प्रहरीबीच झडप हुँदा १३ राउन्ड हवाई फायर

रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ७ जोकहा माविमा रहेको क्वारेन्टिनमा संक्रमित देखिएका दुई जनालाई उपचारका लागि आइसोलेसनमा लैजान खोज्दा स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउन्ड हवाई फायर गरेको छ ।

वडाध्यक्षलाई कोरोना संक्रमण, जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा

बाँकेको राप्ती सोनारी गाउँपालिकाका एक वडाध्यक्षलाई कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी क्वारेन्टिनमा बसेका छन्।

क्वारेन्टिनमा सकस, ‘उकुसमुकुस क्वारेन्टिन, परीक्षण कहिले ?’

घोराही उपमहानगरपालिका वडा नम्बर ७ का रामवहादुर ओली (नाम परिवर्तन) ११ दिन अघि भारतबाट दाङ आए । दाङ आएका उनी मावि सौँडियारमा रहेको क्वारेन्टिनमा गए । ११ दिन देखि क्वारेन्टिनमा रहेका उनको स्वाब परीक्षण अहिले सम्म हुन सकेको छैन । क्वारेन्टिनमा रहेको एउटै पानीको धारा । त्यहाँ रहेका सबैले उहि धारोको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ ।

क्वारेन्टिनमा न्युनतम सुविधा नभएको गुनासो

न्युनतम पनि सुविधा नभएको बाँकेका क्वारेन्टिनमा बसिरहेका व्यक्तिले गुनासो गरेका छन् । बाँकेका आठ वटै स्थानीय तहले भारतबाट हालै फर्केका व्यक्तिलाई क्वारेन्टिनमा राखेका छन् । क्वारेन्टिन ब्यवस्थापनका लागि स्थानीय तहले फरक–फरक सुविधा दिदै आएका छन् । कतिपय क्वारेन्टिनमा न्युनतम सुविधा पनि नभएपछि गुनासो बाहिर आएको हो ।

६ दिनको अन्तरालमा थपिए ५० संक्रमित

भारतको विभिन्न शहरमा मजदुरी र अध्ययन गर्न गएकाहरू अहिले कोरोना भाइरसको त्रासले फर्कने क्रम बढेसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन दिनै बढ्दै गएको छ। भारतबाट फर्किएर बिभिन्न स्थानीय तहहरूले संचालन गरेको क्वारेन्टिनमा बसेकाहरूको स्वाब संकलन गरि परीक्षण गराउँदा बिगत ६ दिनको अन्तरालमा जिल्लामा ५० कोरोना भाइरसबाट संक्रमित थपिएको बारा प्रहरीले जनाएको छ।

रौतहटमा १२ राउन्ड हवाई फायर

रौतहटमा क्वारेन्टिन निर्माणको क्रममा स्थानीयबासी र प्रहरीबीच झडप भएपछि हवाई फायर भएको छ । रौतहटको कटहरिया नपा १ भसेढवामा रहेको माध्यमिक विद्यालयमा स्थानीयबासीले क्वारेन्टिन निर्माणलाई अवरोध गरेका थिए ।

वडाअध्यक्षको रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा

बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना वडाअध्यक्षलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी क्वारेन्टिनमा बसेका छन् ।

जिल्लास्तरीय एकीकृत क्वारेन्टिन भरीभराउ

जुम्लामा भारतबाट आउनेको संख्या अत्याधिक बढेको छ । यो संगै यहाँको जिल्लास्तरीय एकीकृत क्वारेन्टिन भरिभराउ बनेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख लालबहादुर धामीका अनुसार कर्णाली प्राविधिक शिक्षालय र दुर्गा माबि लाम्रामा गरेर १ सय ८४ जना क्वारेन्टिनमा बसेका छन् ।

अनुशासन मैत्री बनाउनु पहिलो प्राथामिकता

कोरोनाका संक्रमणको बिषम परिस्थितिलाई नियन्त्रणमा ल्याउँन जिल्लालाई नै अनुशासन मैत्री बनाउँन पर्ने पहिलो प्राथामिकतामा रहेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताएका छन् । बाँकेमा पनि कुरम्बाङ अध्यक्षता बसेको पहिलो निर्णयबाट निषेधाज्ञामा कडा गर्ने भएको छ ।

हावाहुरीले वडा कार्यालय र क्वारेन्टिनसहित डेढ सय घरको छाना उडायो

सिन्धुलीमा हावाहुरीले ठूलो क्षति पु-याएको छ। लगातार दुई दिनदेखिको हावाहुरीले यहाँको मरिण गाँउपालिकामा एक सय ५० भन्दा बढी घरको छाना उडाएको छ।

रसुवामा निर्माण भएको क्वारेन्टिनः जहाँ बाहिरबाट आएका मान्छे राखिँदैन

रसुवामा २ सय १० शैयाको क्वारेन्टिन निर्माण भएको छ। निर्माण हुने समयमा कुन क्वारेन्टिन राम्रो भन्ने विषयमा सेल्फी खिचेर सामाजिक सञ्जालमा हालेर प्रचार गरिएको थियो। तर, बुधबार भारतबाट आएका उत्तरगया गाउँपालिका–५, बनुवाका गणेश आचार्यलाई गाउँपालिकाहरूले क्वारेन्टिनमा राख्न मानेनन्।

गाउँमा आउने पाहुनालाई समेत क्वारेन्टिन

जुम्ला तिला गाउँपालिका–२ मा गठित परिवर्तन युवा क्लबले गाउँमा आउने पाहुनालाई बस्न क्वारेन्टिन निर्माण गरेको छ। सकभर गाउँमा पाहुना आवतजावत गर्न नदिने र आइहालेको खण्डमा क्वारेन्टाइनमा राखिने व्यवस्था गरेको परिवर्तन युवा क्लबका अध्यक्ष धनेन्द्र बोहोराले बताए। उनका अनुसार कालिका आधारभूत विद्यालय भुगेडीमा पाहुनाका लागि मात्र १० बेडको क्वारेन्टाइन बनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्