४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

क्वारेन्टिन व्यवस्थित बनाउन प्रदेश सांसदको माग

प्रदेश ५ का सांसदहरुले क्वारेन्टिनलाई मापदण्ड अनुरुप व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। बुधबारको प्रदेश सभा बैठकमा बोल्ने अधिकांस सांसदहरुले धेरैजसो क्वारेन्टिनको अवस्था दयनिय हुँदा मानिसहरु नै जान डराइरहेको भन्दै व्यवस्थित गर्न माग गरेका हुन।

अंगरक्षक र चालकमा कोरोना पुष्टि भएपछि सेल्फ क्वारेन्टिनमा एसपी

चालक र अंगरक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी सेल्फ क्वारेन्टिनमा बसेका छन्। बुधबार उनका अंगरक्षक र सवारी चालकमा संक्रमण पुष्टि भएको हो।

गाउँमा आउने पाहुनालाई समेत क्वारेन्टिन

जुम्ला तिला गाउँपालिका–२ मा गठित परिवर्तन युवा क्लबले गाउँमा आउने पाहुनालाई बस्न क्वारेन्टिन निर्माण गरेको छ। सकभर गाउँमा पाहुना आवतजावत गर्न नदिने र आइहालेको खण्डमा क्वारेन्टिनमा राखिने व्यवस्था गरेको परिवर्तन युवा क्लबका अध्यक्ष धनेन्द्र बोहोराले बताए।

क्वारेन्टिनमा बसेका युवकको मृत्यु

बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । गुलरिया नं. ९ नम्बर वडा गडेनपुरुवाका ५५ वर्षिय जगदिश गोडिया मृत्यु भएको प्रहरी निरीक्षक सुशिल थापाले बताए ।

दिक्तेलको क्वारेन्टिनमा शौचालय अभाव

खोटाङमा गठित कोभिड–१९ जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित क्वारेन्टिनको अनुगमन गरेको छ।

अस्पतालका २० स्वास्थकर्मी क्वारेन्टिनमा

बर्दियाको गुलरिया नगरपालिकाका तीन जनामा कोरोना सङ्कमणको पुष्टि भएसंँगै जिल्ला अस्पतालका २० स्वास्थकर्मीलाई क्वारेन्टिनमा राखिएको छ।

जिल्ला भित्रनेक्रम वृद्धि

जिल्ला प्रशासन कार्यालय दैलेखले कामको सिलसिलामा छिमेकी मुलुक भारत गएका ४२ हजार नागरिक जिल्ला भित्रने प्रक्षेपण गरेको छ।

स्याङजामा पनि दुईजनामा कोरोना देखियो

स्याङजामा पनि दुईजना युवामा कोरोना संक्रमण पुष्टि भएको छ । वालिङ नगरपालिकाको समाजघरको क्वारेन्टिनमा बसेका उनीहरुको स्वाव परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको स्याङजास्थित स्वास्थ्य कार्यालय श्रोतले बताएको छ ।

परीक्षणमा ढिलाई गरिदा क्वारेन्टिनबाट भागे ४३ जना

कपिलवस्तुमा १४ दिन बसे पनिपरीक्षणमा ढिलाई गरिदा क्वारेन्टिनमा बसेकाहरु भाग्न थालेका छन । यसैक्रममा कपिलवस्तु नगरपालिका– ४ स्थित सुन्दर प्राबि क्वारेन्टिन बाट सोमवार साझ ४३ जना भागेका छन । एक साता अघि जिल्लाको यशोधरा गाउपालिका– ८ खोरियाबाट २५ जना र वडा नम्बर ६ रगपुर स्थित क्वारेन्टिनबाट ११ जना भागेका थिए ।

कोरोना संक्रमणको जोखिम, क्वारेन्टिन बसेकालाई घरबाटै खाना

घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरकी बिन्ती शाहका भाई तीन दिन देखि क्वारेन्टिनमा छन् । भारतबाट केहि दिन अघि आएका भाईलाई साँझ बिहान खाना पुर्याउन बिन्ती आँफै क्वारेन्टिन पुग्छिन् । क्वारेन्टिनमा रहेका भाई सहित अन्य नागरिकको त्रासमा हुन्छिन् उनी ।

भारतबाट आएकालाई अनिवार्य क्वारेन्टिन

भारतमा नेपालीहरु आउने संख्या दिन प्रतिदिन बढिरहेको छ । आइतबार साँझसम्म बैतडीमा एक हजार ७ सय ४३ जना भारतका विभिन्न ठाउँबाट आएर सम्बन्धित पालिकामा रहेका क्वारेन्टिनमा बसेका छन् ।

कोठाभरि कोचाकोच

दैलेखको नारायण नगरपालिकाभित्र बनाइएका क्वारेन्टिनमा भारतबाट आएका जिल्लाबासीहरुले कोचाकोच बस्नुपरेको गुनासो गरेका छन्। एउटै कोठामा २० देिख २५ जनासम्म बस्नुपरेको दुखेसो उनीहरुले गरेका हुन्।

भारतबाट नेपाली भित्रिए संगै जुम्लामा उच्च सतर्कता

पछिल्लो समयमा भारतबाट नेपाली भित्रिने क्रम बढेपछि जुम्लामा उच्च सतर्कता अपनाउन थालिएको छ । भारतबाट भित्रिनेहरुको व्यवस्थापन र स्वास्थ्य सुरक्षाका बिषयमा सतर्कता अपनाउन थालिएको हो । जिल्ला विपद व्यवस्थापन समिति जुम्लाको आईतबार बसेको बैठकले भारत देखि भित्रिने नागरिकको उचित व्यवस्थापन र रेखदेखका लागि क्वारेन्टिनको प्राथमिकिकरण गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्