coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

क्वारेन्टिन व्यवस्थित बनाउन प्रदेश सांसदको माग

प्रदेश ५ का सांसदहरुले क्वारेन्टिनलाई मापदण्ड अनुरुप व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। बुधबारको प्रदेश सभा बैठकमा बोल्ने अधिकांस सांसदहरुले धेरैजसो क्वारेन्टिनको अवस्था दयनिय हुँदा मानिसहरु नै जान  डराइरहेको भन्दै व्यवस्थित गर्न माग गरेका हुन।  

आगामि  बर्ष २०७७/ ०७८ को नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी प्रदेश सांसदहरुले कोरोना रोकथामकालागि बनाइएका क्वारेन्टिनबाटै संक्रमण फैलने खतरा रहेको भन्दै मानिस मर्ने स्थलका रुपमा परिणत नहुँदै सुधारको ठोष कदम चाल्न माग गरे। भेडा बाख्रा सरह मान्छे राखिएको भन्दै सांसदहरुले ती क्वारेन्टिनलाई सुविधा सम्पन्न बनाएर बसौं बसौं लाग्ने बनाउनु पर्नेमा जोड दिए।  

सांसदहरुले नीति तथा कार्यक्रममा रोग भोक जितौ मान्छे मर्नबाट रोकौ भन्ने नारालाई समेट्दै नेचर, कल्चर तथा एग्रिकल्चरलाई प्राथमिकता दिन पनि माग गरे।   सांसद डिल्ली बहादुर चौधरीले मानिस बचाउने हेतुले क्वारेन्टिन बनाईएको भन्ने विश्वास जगाउन क्वारेन्टिनको सुधार आवश्यक रहेको बताए। क्वारेन्टिन व्यवस्थापनमा लापरबाही हुँदा र त्यहीबाट संक्रमण फैलने जोखिम बढीरहेको बताए। सांसद चौधरीले  प्रदेश सदस्यहरुलाई बजेटको अधिकारलाई नीति तथा कार्यक्रममा सम्वोधन गर्न पनि माग गरे।

सांसद वीरबहादुर राना,अष्टभुजा पाठक र फखरुद्दिन खानले नीति तथा कार्यक्रम विगतकै निरन्तरता भएको टिप्पणी गरे। कारोना अस्पताल र क्वारेन्टिनको अवस्था दयनिय रहेकाले त्यसको सुधारमा गम्भिर हुन सरकारकालाइ आग्रह गरे।  

साउन महिना भित्र कोरोना  नियन्त्रण हुने भनिएपनि त्यसकालागि ठोस योजना नल्याइएको र ल्याव परीक्षण पनि विश्वासिलो नभएको  भन्दै आलोचना गरे। कोरोनाको नाममा प्रदेशको नामाकरण तथा स्थायी राजधानीको बिषय नलम्ब्याउन  माग गरे। प्रदेश सदस्य सुष्मा यादवले कोरोनाको उच्च जोखिमा परिसकेको कपिलवस्तुमा  कोरोना विशेष अस्पताल बनाउन माग गरिन।  

सांसद दीपा विकले प्रदेशका १२ वटै जिल्लामा वाल अस्पताल र प्रस्तुति गृह निर्माणलाइ समेटन आग्रह गरिन। सांसद थानकुमारी  थापाले महिला हिंसा र जातिय विभेद जारी रहेको भन्दै यो बिषयमा सरकार गम्भिर हुनु पर्ने बताइन।  

सांसदहरु तारा जिसी र ईन्द्र प्रसाद खरेलले कोरोनालाई देखाएर प्रदेशको नामकरण र स्थायी राजधानीलाई पछाडी धकल्न नहुने  धारणा राखे। सांसदहरु सन्तोष पाण्डे, कल्पना पाण्डे, बिजय यादव,धर्मलाल श्रीवास्तवले नीति तथा कार्यक्रम शब्द चयन राम्रो भएपनि माहामारीको रुपमा रहेको कोरोनाका सवालमा गम्भिर नभएको गुनासो गरे। क्वारेन्टाईन मापदण्ड अनुसार भए नभएको तत्काल अनुगमन गर्न, मानिसको ज्यान बचाउने गरि काम गर्न र उच्च जोखिम रहेका जिल्लामा प्रयोगशाला बनाउन माग गरे।  सांसद शंकर प्रसाद गिरीले  कोरोनावाट नागरिक बचाउने सवालमा सरकार असफल भएको आरोप लगाए।

सांसद कृष्ण प्रसाद न्यौपाने र  गिता थापाले जाजरकोट र देवदह घटना जातिय र महिला हिंशा भएकाले सत्यतथ्य सार्वजनिक गर्न माग गरे। सांसद विमला पन्थीले कृषि  विमा र किसानको उत्पादन सरकारले  खरिद गर्ने परिपाटीमा जोड दिन माग सांसदहरु सुनिता कुमारी ठठेर,धनकली चौधरी, जाल्पा पौडेल भुसाल, दृग नारायण पाण्डे, तुलाराम घर्ती मगर र पुर्मती ढेगा लगायतले नीति तथा कार्यक्रमका बारेमा धारणा राख्दै कोरोना नियन्त्रणमा गम्भिर हुन सरकारलाइ आग्रह गरे। प्रदेश सभाको अर्को बैठक जेठ १६ गते बस्ने भएको छ।

प्रकाशित: १४ जेष्ठ २०७७ १५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App