७ वैशाख २०८१ शुक्रबार
समाज

जिल्ला भित्रनेक्रम वृद्धि

जिल्ला प्रशासन कार्यालय दैलेखले कामको सिलसिलामा छिमेकी मुलुक भारत गएका ४२ हजार नागरिक जिल्ला भित्रने प्रक्षेपण गरेको छ।  ती नागरिकलाई सुरक्षित क्वारेन्टिनमा राख्नका लागि पूर्व तयारी थाल्न स्थानीय तहलाई कार्यालयले अनुरोधसमेत गरेको छ।

हरेक गाउँपालिकाले सामाजिक सञ्जालमार्फत आफ्ना नागरिकलाई नेपाल आउन आग्रहसमेत गरेपछि भित्रनेको सङ्ख्या दैनिक एक हजारका दरले वृद्धि भएको छ। भारतमा कोरोनाको जोखिम बढ्दै जानु र जिल्लामा सोमबारसम्म देखिएका आठजना सङ्क्रमित सबै भारतबाट आएकामा देखिनुले स्वास्थ्य जोखिम बढेको जनाइएको छ। अहिलेसम्म जिल्लामा पाँच हजार १७३ जना आइसकेका छन्।  

जिल्ला आएकामध्ये कसैको पनि कोरोना जाँच नभएको र सिधै सदरमुकाम आउने क्रम बढेपछि जिल्ला जोखिममा परेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन्। अहिले ट्रक, ट्र्याक्टर, बस र हाइसमा कोचाकोच गरेर नारायण र दुल्लु नगरपालिका, महावु, भगवतीमाई र नौमुले गाउँपालिकाका मानिस आउन थालेका छन्। यसले गर्दा सदरमुकाम दैलेख बजार अहिले ट्रान्जिट बनेको छ।  

मानिस ओसारपसार गर्ने सवारी साधनका चालक र सहचालकले समेत स्वास्थ्य सुरक्षा सामग्री लगाएको देखिँदैन। दैनिक दुई हजार नागरिक जिल्ला प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी युवाराज कट्टेलले जानकारी दिए।  

प्रकाशित: १३ जेष्ठ २०७७ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App