४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

स्याङजामा पनि दुईजनामा कोरोना देखियो

भारतको गाजियावादबाट फर्केका दुई युवामा संक्रमण

स्याङजामा पनि दुईजना युवामा कोरोना संक्रमण पुष्टि भएको छ । वालिङ नगरपालिकाको समाजघरको क्वारेन्टिनमा बसेका उनीहरुको स्वाव परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको स्याङजास्थित स्वास्थ्य कार्यालय श्रोतले बताएको छ ।  

तर गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले भने पे्रसमिट मार्फत आधिकाररिक जानकारी दिने भन्दै स्वास्थ्य कार्यालयले थप जानकारी दिन मानेको छैन । श्रोतका अनुसार जेठ १० गते भारतबाट आएका उनीहरुको भोलिपल्ट स्वाव संकलन गरेर परीक्षणका लागि पोखरास्थित प्रयोगशालामा पठाइएको थियो । २० र २९ वर्षका ती पुरुष भारतको गाजियावादबाट आएका थिए ।  

‘ती युवासँगै समुहमा २० जना आएर एउटै क्वारेन्टिनमा बसेका थिए,’ स्वास्थ्य कार्यालयका ती पदाधिकारीले भने, ‘उनीहरुको अवस्था सामान्य छ ।’ ती पदाधिकारीका अनुसार उनीहरुलाई जिल्ला अस्पतालको आईसोलेसनमा ल्याइएको छ । क्वारेन्टिनमा रहेका अरु व्यक्तिहरुको पनि स्वाव संकलन गर्ने तयारी भईरहेको उनले बताए ।  

गण्डकी प्रदेशमा यी समेत अहिलेसम्म ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये बागलुङका दुईजना उपचारपछि निको भईसकेका छन् । बाँकी दुइजना नवलपुरमा र एकजना लम्जुङका बासिन्दा भएपनि उनको काठमाडौंमा उपचार भईरहेको छ । नवलपुरका दुईजनाको भने चितवनमा उपचार भईरहेको छ । 

प्रकाशित: १३ जेष्ठ २०७७ ०७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App