२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सीमाको तस्करीधन्दा र निर्वाध आउजाउले फैलायो महामारी

सीमा क्षेत्रमा चल्ने तस्करीधन्दा निरन्तर चलेकै छ । उद्योगधन्दाहरुमा काम गर्न आउने भारतीय मजदुरको अनियन्त्रित हिँडडुल रोकिएको छैन । दैनिक सयौंको संख्यामा भारतबाट भित्रने यातायातकर्मी सुरक्षा सतर्कता बेगरै नेपालका गाउँसहर चहारिरहेका छन् । आश्चर्य के छ भने तीन वटै तहका सरकार यी सबै दृश्यका लाचार दर्शक बनेका छन् ।

पछिल्लो २४ घन्टामा ५ सय ९४ संक्रमित थपिए

पछिल्लो २४ घन्टामा ५ सय ९४ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ५ सय ७५ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वरर गौतमले हालसम्म नेपालमा २५ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण देखिएको बताएका छन्।

प्रदेश १ : ९५ संक्रमित थपिए , हालसम्म १०७५ संक्रमित निको

प्रदेश १ मा ठूलो संख्यामा कोरोना संक्रमित थपिने क्रम जारी छ । शुक्रबार पनि ९५ जना नयाँ संक्रमित थपिएका छन् । जसमा मोरङमा सबैभन्दा धेर ६२ जना छन् । यो सँगै प्रदेशमा संख्या १ हजार ८ सय २१ पुगेको छ भने एक हजार ७५ जना कोरोनामुक्त बनेका छन् ।

निर्बाध आउजाउले फैलिँदै संक्रमण

लकडाउन खुलेसँगै खुला सीमामा सरकार र समुदाय दुवै पक्षबाट भएको लापरबाहीले फेरि संक्रमण बढ्न थालेको छ। प्रदेशमा पछिल्लो तीन सातामा साढे ५ सय संक्रमित थपिएका छन् तर सावधानी नगन्य छ। सरकारी कार्यालयको लापरबाही उस्तै छ भने मास्कको प्रयोग नगन्य छ। विभिन्न संघसंस्था र राजनीतिक दलका भीडभाडयुक्त कार्यक्रम पनि चल्दै आएका छन्।

रक्षक संक्रमित हुँदा त्रास

एक नम्बर प्रदेशस्थित सशस्त्र र नेपाल प्रहरीमा कोरोना संक्रमण बढेपछि समुदायमा समेत त्रास फैलिएको छ। नागरिककै सुरक्षामा खटिने सुरक्षाकर्मीसँग कुनै न कुनै रूपमा भौतिक हिसाबले सम्पर्क भए कोरोना सर्ने डर सर्वसाधारणलाई छ।

मोरङका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा धरानमा मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मोरङका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

सप्तरीमा अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमितको मृत्यु

सप्तरीको राजबिराज नगरपालिका– ६ का ८० वर्षीया जेष्ठ नागरिकको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ। पिसिआर परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएका उनलाई गजेन्द्रनारायण सिंह कोभिड अस्पतालको आईसोलेसनमा ल्यउँदै गर्दा ९:३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए।

प्रदेशिक कोभिड अस्पतालमा कोरोना संक्रमितको मृत्यु

प्रादेशिक कोभिड अस्पतालमा उचाररत धनुषाका ६० वर्षीय पुरुषको सोमबार राती मृत्यु भएको छ। छातीमा समस्या भएर उपचारका लागि प्रादेशिक अस्पतालमा आएका उनको दश दिनअघि पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो।

भारतबाट औषधि किन्ने सेनाको प्रक्रिया रद्द

औषधि खरिद गर्न लागिएको कम्पनी ब्युरो अफ फर्मा पिएसयुएस अफ इन्डिया (बिपिपिआई) सँग कानुनी रूपमा सम्झौता गर्न नमिलेका कारण वैशाखदेखि औषधि खरिद प्रक्रियामा अन्योल उत्पन्न भएको थियो ।

बौद्धमार्गी मुलुक कसरी जाेगिए महामारीबाट ?

दक्षिण पूर्वी एसियाका बौद्धमार्गी देशहरू कम्बोडिया, लाओस, म्यान्मार, थाइल्यान्ड र भियतनाम काेराेना प्रभाव न्यून देखिएकाे छ ।

दुई प्रकारको परीक्षण रिपोर्ट आएपछि समस्या

बिहीबार स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल पुगेका विराटनगरका एक व्यक्तिको कोरोना भाइरसको रिपोर्ट फरक आएको छ। २४ घण्टाको फरकमा एक व्यक्तिको ‘पोजेटिभ र नेगेटिभ’ रिपोर्ट आएपछि शव व्यवस्थापनमा समस्या भएको थियो।

कामदार भित्रिएसँगै जोखिम

लामो समयपछि बन्दाबन्दी खुकुलो भएर मनाङ भित्रिने कामदार र कर्मचारी बढ्दैछन्। बन्दाबन्दी खुलेसँगै कोभिड–१९ को सङ्क्रमण पुनः फैलँदै गएको छ भने कोभिड सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्यासमेत बढ्दै गएको छ। कामदार मनाङ भित्रिँदै गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि बढेको भन्दै स्थानीयवासी चिन्तित देखिएका छन्।

पोखरामा एक कोरोना संक्रमितको मृत्यु

पोखरामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षिय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक सह प्रा.डा.अर्जुन आचार्यले जानकारी दिए ।

एक सातामा १७ को मृत्यु

यो साता कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ। यसै अवधिमा २ हजार ५ सय ६ जना संक्रमित थपिए भने एक हजार ८ सय २१ उपचारपछि डिस्चार्ज भए। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबारसम्म मुलुकमा कुल संक्रमित संख्या २२ हजार ५ सय ९५ पुगेको छ।

नेपालमा काेराेनाबाट थप तीन जनाकाे मृत्यु, मृतककाे संख्या ७३ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्