२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा थप २ सय छुट

सरकारले तोकेभन्दा कम शुल्कमा कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्दै आएको ‘बिध ल्याब’ले कोरोना परीक्षण गर्दा लाग्ने खर्च अनलाइबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

पछिल्लो ४८ घन्टामा १० जनाको मृत्यु, लकडाउन खुलेयता काेराेनाबाट २८ काे मृत्यु

पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि क्रमिक रूपमा बढेको छ। लकडाउन अवधिसम्म मृत्युको संख्या कम भएतापनि लकडाउनपछि यो संख्या ह्वात्तै बढेको पाइएको छ । कोरोना भाइरसको संक्रमणबाट आज बिहिबार थप तीन जनाको मृत्यु भएको छ । बुधबारमात्र ६ जनाको मृत्यु भएको थियो ।

काेराेना संक्रमणका कारण एकैदिन पाँच जनाकाे मृत्यु

नेपालमा कोरोना भाइरसबाट एकैदिन पाँच जनाको मृत्यु भएको छ । यो मृत्यु अहिलेसम्मको धेरै हो । आजमात्र मोरङ र पर्सामा दुई/दुई जना र काठमाडाैंमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

थप २ जनाको मृत्यु, नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ६० पुग्याे

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षीया किशोरी र वीरगञ्ज ५ का ४६ वर्षीय पुरुष रहेका छन्।

१५ हजारभन्दा बढी संक्रमित निको

पछिल्लो २४ घन्टामा थप ६५ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लाका आइसोलेसन सेन्टरबाट पछिल्लो २४ घन्टामा ६५ जना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

कोरोनासिर्जित दुर्लभ अवसर

कुनै पनि संकटले समस्यामात्र सिर्जना गर्दैन बरु अवसर पनि प्रदान गर्छ तर यसलाई उपयोग गर्न भने सक्नुपर्छ।

खोप नआए के होला ?

सबैभन्दा राम्रो खोप पनि अल्पकालका लागि र आंशिक हिसाबले मात्र सफल भएको अवस्थामा समेत आनीबानीमा परिवर्तन र विभिन्न एन्टीभाइरल औषधि सेवन कोरोना महामारी नियन्त्रण गर्न उपयोगी हुनेछन्।

क्वारेन्टिनमा आत्महत्या गरेका यूवामा काेराेना पुष्टि

क्वारेन्टिनमा आत्महत्या गरेका यूवामा काेराेना पुष्टि भएकाे छ । भारतबाट आफन्त कहाँ आएका यूवा रामबहादुर साउँथले आत्महत्या गरेका थिए । उनी पाँच दिन देखि क्वारेन्टिनमा बस्दै आएका थिए । मृत्युपछि स्वाब परीक्षण गरिएकाे थियाे ।

आफैं मोटरसाइकल चलाएर पुगेका थिए अस्पताल, भेन्टिलेटर खाेज्दा-खाेज्दै गयाे ज्यान

प्रदेश सरकारको मातहतमा रहेको प्रादेशिक अस्पताल कोभिड डेडिकेटेड लेभेल २ अस्पताल हो। यही अस्पतालमा भेन्टिलेर सेवा उपलब्ध नहुँदा आइतबार कोरोना संक्रमित एक युवकले ज्यान गुमाएका छन्। यस घटनाले प्रदेश सरकारको कोरोना संक्रमण नियन्त्रणको भद्रगोल तयारीलाई छताछुल्ल पारिदिएको छ।

महामारीको चेपुवामा डब्लुएचओ

शक्ति राष्ट्रहरू एक/अर्काविरुद्ध खनिँदा बहुपक्षीय र तटस्थ प्रयासहरूको आवश्यकता हुन्छ। त्यही तटस्थ प्रयासको आवश्यकता संयुक्त राष्ट्र संघ र यसका निकायले पूरा गर्न सक्छन्। कोभिड–१९ महामारीको सन्दर्भमा संयुक्त राष्ट्रसंघीय निकाय विश्व स्वास्थ्य संगठनको भूमिका अपेक्षित र महत्वपूर्ण रहन्छ।

तरकारीमा लगानी उठाउनै मुस्किल

तरकारी खेतीबाट वर्षमै लाखौं रुपैयाँ कमाइरहेका किसानलाई यो वर्ष लकडाउनले नराम्रोसँग घाटा खुवाएको छ। बारीमा लटरम्म तरकारी बेच्न मुस्किल भएको छ भने तरकारी उत्पादक किसान र व्यापारी उपभोक्तासम्म पुग्न नसक्दा तरकारीको मूल्यमा बिचौलियाले ‘अवसर’ पाएका छन्।

परीक्षण कम हुँदा जोखिम बढ्दै

असारको पहिलो साताबाट संक्रमण दर ह्वात्तै बढेको सुदूरपश्चिम प्रदेशमा पछिल्लो दिनमा परीक्षण दर कम भएको छ। संक्रमितको सम्पर्कमा रहेका व्यक्तिकोसमेत परीक्षण हुन छाडेको स्थानीयको भनाइ छ।

संक्रमित घटे पनि कोरोना जोखिम कायमै

नेपालमा कोरोना संक्रमितको संख्या क्रमशः घट्दै गएको छ। आइतबार देशभरमा ८२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ भने शनिबार ७० जना मात्र संक्रमित थिए। शुक्रबार १ सय १८, बिहीबार १ सय ८ र बुधबार २ सय ५५ जनामा संक्रमण पुष्टि भएको थियो।

कोरोना र करको मारमा किताब

अन्य व्यवसाय तथा क्षेत्रमा जस्तै कोरोनाले नेपालको पुस्तक व्यवसायमा असर गरेको छ। शैक्षिक सत्र सुरु हुँदै गर्दा देशभर भएको लकडाउनले पुस्तकको खरिद–बिक्री ठप्प भयो। नयाँ किताब पनि बजारमा आउन सकेनन्।

कोभिड–१९: नियन्त्रणका प्रयास

हाल सम्पन्नताको शिखर चुम्न सफल राष्ट्रहरूले एकैपटक रातारात सम्पन्नता हासिल गरेका होइनन्। यसका लागि उनीहरूले विज्ञान र वैज्ञानिकप्रति गरेको विश्वासका साथै सोहीअनुसारको त्याग र लगानीको प्रतिफल हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्