२० वैशाख २०८१ बिहीबार
image/svg+xml

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाकाे मृत्यु

झापाको उत्तर पुर्वी गाउँपालिका बुद्धशान्ति-५ शान्तिनगरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको ज्यान गएको छ।

मिलेमतोमा सर्लाहीको वन क्षेत्रमा अवैध उत्खनन

डिभिजन वन कार्यालय र ठेकेदारको मिलेमतोमा जानकी नगर वन क्षेत्रमा अवैध उत्खनन भएको पाइएको छ। सर्लाहीको जानकीनगरमा रहेको सब डिभिजन वन कार्यालयका कर्मचारीको मिलेमतोमा राष्ट्रिय वन अतिक्रमण गरी माटो उत्खनन गरी बिक्री गरिएको पाइएको छ।

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

गोलबजार नगरपालिका–१ लमाडडामा गए राति नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको ज्यान गएको हो।

उदयपुरको कटारी क्षेत्रमा जंगली हात्ती, स्थानीयहरु त्रसित

उदयपुरको पश्चिमी भेग कटारी नगरपालिकामा आईतबार दिउँसो जंगली हात्तीको समूह देखा परेपछि स्थानीयमा त्रास छाएको छ।

उदयपुरको कटारी क्षेत्रमा जंगली हात्ती, स्थानीय त्रसित

उदयपुरको पश्चिमी भेग कटारी नगरपालिकामा आइतबार दिउँसो जंगली हात्तीको समूह देखा परेपछि स्थानीयमा त्रास छाएको छ।

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

मंगलबार बिहान ८ बजेतिर जयप्रसाद घाँस काट्न श्रीमती जानुका बास्तोलासँगै जंगलमा गएका बेला हात्तीले आक्रमण गरेको मोरङ प्रहरीले जनाएको छ।

जंगली हात्तीको आतंकले रौतहट र सर्लाहीको उत्तरी क्षेत्रका बासिन्दा त्रसित

'सबैभन्दा बढी डर केटाकेटी र वृद्धवृद्धालाई भएको थियो। स्थानीय नागेन्द्र यादव भन्छन्, हात्तीको आतंकले धेरै मानिस रातभर राम्ररी सुत्न पाएका छैनन्।'

जंगली हात्तीले पाँच घर भत्कायो

उनका अनुसार रातका समयमा जंगलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर भत्काएको थियो।

बेलका जंगलमा भेटिएको मृत हात्ती मर्यो कि मारियो?

कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रनजिकै मृत भेटिएको सो हात्ती आरक्षणकै हो या जंगली डुलुवा भन्ने पनि यकिन हुन सकेको छैन।

सिटिजन्स बैंकका ग्राहकलाई होटल जंगल क्राउनको सेवामा छुट

सिटिजन्स बैंक र चितवनस्थित होटल जंगल क्राउन प्रालिबीच सिटिजन्स बैंकका कार्ड वाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

हात्तीको आक्रमणबाट वर्षेनी नागरिकको ज्यान जाँदै

वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट नागरिकको अकालमै ज्यान गएको भए पनि मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रणको उपाय नखोजिएको हात्ती पीडितको आरोप छ।

जंगली बँदेलले बाली सखाप, थाल ठटाएरै रातभर जाग्राम बस्छन् स्थानीय

दारा निस्किएका भैंसी जत्रा माउ बँदेलहरु आउँछन्। बच्चाहरु नै पाडापाडी जत्रा छन्। बँदेलले धेरै क्षति पुर्‍याएको वस्तीका किसानहरु रातीको समयमा आगो बाल्ने, थाल ठटाउने, शंख फुक्ने, ठूलो आवाजले कराउने गर्दै रात बिताइरहेका छन्।

जनकपुर बजार बन्द गराउन उत्रेका १२६ जना सुकुमबासी पक्राउ

भूमिहीनको नाममा नक्कली सुकुम्बासीलाई जग्गा वितरण कार्य बन्द गर्नुपर्ने, वास्तविकलाई तत्कालै जग्गा उपलब्ध गराउनुपर्ने, वनको जग्गा अतिक्रमण रोक्नुपर्ने लगायतका माग राखेर चुरे तथा वन संरक्षण अभियानले जनकपुर बन्दको घोषणा गरेको थियो। हिजो महिलाहरुले झाडु बोकेर विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा उनीहरुले मधेश प्रदेश सरकारविरुद्ध नाराबाजी गरेका थिए।

लिमचुङबुङको वनपाला जंगलमा आगलागी हुँदा नग्रेमा गाउँ जोखिममा

उदयपुरको विकट पहाडी लिमचुङबुङ गाउँपालिकाको जंगलमा डढेलो लाग्दा स्थानीय नग्रेमा बस्ती जोखिममा परेको छ। वडा नं. २ तामलिछास्थित नग्रेमा गाउँमुनिको वनपाला जंगलमा आइतबार मध्यान्हदेखि लागेको आगोले गाउँ जोखिममा परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्