४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जंगली हात्तीको आक्रमणबाट झापामा एक जनाकाे मृत्यु

झापाको उत्तर पुर्वी गाउँपालिका बुद्धशान्ति-५ शान्तिनगरमा जंगली हात्तीको आक्रमणबाट १ जनाको ज्यान गएको छ।

स्थानीय ७० बर्षीय भिमबहादुर भट्टराईको ज्यान गएको प्रहरीले जनाएको छ। शुक्रबार साँझ मकैबारीमा हात्ती धपाएर भट्टराई घरमा सुतेका थिए।

शुक्रबार बिहान ४ बजे पुनः हात्ती धपाउन निस्किएका भट्टराई मकैबारीमा मृत अवस्थामा फेला परेका वडाध्यक्ष डेगेन्द्र कार्कीले बताएका छन् ।

मकैबारी माडिएको र छाती र खुट्टामा चोट लागेको अवस्थामा उनको शव फेला परेको यियो। मृत शरिरको पोष्टमार्टमका लागी मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ।

पछिल्लो २ बर्षमा झापाको सोही वडामा हात्ती आक्रमण र धपाउन जाने क्रममा ३ जनाले ज्यान गुमाएका छन्।

प्रकाशित: ९ वैशाख २०८० ०५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App