२७ चैत्र २०८१ बुधबार
image/svg+xml १९:५ अपराह्न
खेल

चेल्सीको कठिन जित

कप्तान इन्जो फर्नान्डेजले दोस्रो हाफमा गरेको एक मात्रै गोल निर्णायक बन्दा चेल्सीले इङ्लिस प्रिमियर लिगमा बिहीबार टोटनहमविरुद्ध १–० को कठिन जित निकालेको छ।

जितसँगै ३० खेलमा ५२ अंक जोडेको चेल्सी चौथो स्थानमा उक्लिएको छ। पराजित टोटनहम समान खेलकाट ३४ अंकका साथ १४औं स्थानमा छ। स्ट्यामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीका लागि अर्जेन्टिनी मिडफिल्डर फर्नान्डेजले गोल गरेका हुन्।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफ सुरु भएको केही समयमा भने चेल्सीले अग्रता लियो। फर्नान्डेजले ५०औं मिनेटमा गोल गरेका हुन्। उनले कोल पाल्मरको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिए। खेल निकै तनावपूर्ण बनेको थियो। खेलमा कुल १० पहेंलो कार्ड देखाइएका थिए।

दुई गोललाई भिएआरले अस्वीकृत गरेको थियो। ५६औं मिनेटमा चेल्सीका मोइसेस काइसेडोले उत्कृष्ट भलीमार्फत गोल गरेका थिए। तर, भिएआर परीक्षणपछि लेभी कोलविल अफसाइडमा देखिएकाले गोलले मान्यता पाएन।

टोटनहमका वैकल्पिक खेलाडी पापे सारले ७१औं मिनेटमा लामो दूरीबाट गोल गरे। त्यो पनि असफल भयो। तर, उनले त्यो मुभभन्दा आगाडि नै काइसेडोलाई फाउल गरेको देखिएपछि भिएआरले मान्यता नदिएको हो। सारले पछि पहेँलो कार्डसमेत सामना गरेका थिए।  

प्रकाशित: २३ चैत्र २०८१ ०९:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App