जारी पीएम कपमा आज दुई खेल हुँदै छन्। आज नेपाल मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुँदै छ।
दाङको देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ। जारी प्रतियोगितामा नेपाल पुलिस क्लबले ३ खेलमा तिनै खेल जितेर ६ अंक हासिल गरेको छ भने मधेश प्रदेशले खेलेका २ खेलमा एक जित र एक हार व्यहोरेको छ।
त्यस्तै आज अर्को खेल त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच हुँदै छ। सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ। जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीनै खेलमा जित हासिल गरेर शीर्ष स्थानमा रहेको छ भने कोशी प्रदेशले आफ्ना तिनै खेलमा हार व्यहोरेर पुछारमा रहेको छ।
प्रकाशित: २ चैत्र २०८१ ०७:३३ शनिबार