३ चैत्र २०८१ आइतबार
image/svg+xml १९:३७ अपराह्न
अर्थ

पेट्रोलमा ५ र डिजल/मट्टीतेलमा ४ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको निगमले जनाएको छ।

नयाँ मूल्य सूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ पर्नेछ। यी स्थानमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

भारतबाट इन्धनको मूल्य घटेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ।

प्रकाशित: २ चैत्र २०८१ २०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App