मलेसियामा जारी यू-१९ महिला विश्वकपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले अहिले अस्ट्रेलियासँग प्रतिस्पर्धा गरिरहेको छ।
अस्ट्रेलियाविरुद्ध नेपालले कसिलो बलिङ गरेको छ । टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाले ६ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ३३ रन बनाएको छ ।
नेपालका लागि क्याप्टेन पूजा महतोले ३ विकेट लिएकी छन् ।
अस्ट्रेलियाकी क्याप्टेन लुकी हेमिल्टनलाई डकआउट गराएकी पूजाले इन्स म्याककियोनलाई ८ र केट पिलेलाई ३ रनमा पवेलियनको बाटो देखाइन् ।
सुरुवाती दुवै खेल हारेको नेपाल सुपर सिक्सको सम्भावना कायमै राख्न नेपाल जित्नै पर्ने दबाबमा छ । अस्ट्रेलियासँग पराजित भए नेपाल अंकविहीन हुँदै घर फर्कनेछ । जितले भने उत्कृष्ट तेस्रो हुँदै सुपर सिक्समा पुग्ने सम्भावना कायम रहनेछ ।
सुरुवाती दुवै खेल जितेर अस्ट्रेलिया नेपालविरुद्धको खेल अघि नै सुपर सिक्स प्रवेश गरिसकेको छ ।
प्रकाशित: ९ माघ २०८१ १२:४६ बुधबार