चर्चब्वाईज युनाईटेड क्लब ११ औँ फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
शुक्रवार आयोजक फिदिम स्पोर्टीङ क्लवलाई १ का विरुद्ध ३ गोल गर्दै चर्च ब्वाईज उपाधि नजिक पुगेको हो।
फिदिम माविको मैदानमा भएको पहिलो सेमिफाइनलमा अग्रता भने ४३औँ मिनेटमा दिनेश शेर्माको गोलबाट आयोजक टिमले लिएको थियो। तर समिर तामाङले अतिरिक्त समयमा गोल गरेपछि चर्च ब्वाईज पहिलो हाफमा बराबरी गर्न सफल भयो। ६२ औँ मिनेटमा विदेशी खेलाडी आर्मन वेडम र ८४ औँ मिनेटमा अर्का विदेशी खेलाडी फोफोना अबियुमीले गोल गर्दै चर्च ब्वाईजको जित निश्चित गरे।
चर्च ब्वाईजले अब उपाधिका लागि शनिबार हुने न्युरोड टिम एनआरटी र मछिन्द्र फुटवल क्लवबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल सोमबार हुनेछ।
प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पुरस्कार पाउने छन्।
प्रकाशित: १२ पुस २०८१ १७:१० शुक्रबार