उज्यालो नेपालका संस्थापक अध्यक्ष अनुपकुमार उपाध्याय पार्टीका संरक्षक बनेका छन् । उनले अध्यक्षको जिम्मेवारी कुलमान घिसिङलाई सुम्पँदै आफू संरक्षकको भूमिकामा रहने निर्णय गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता भङ्ग भएपछि आजको उज्यालो नेपालको आकस्मिक केन्द्रीय समिति बैठकले घिसिङलाई नयाँ अध्यक्ष नियुक्त गरेको हो । सोही बैठकले उपाध्यायलाई पार्टीको संरक्षक बनाउने निर्णय पनि गरेको छ ।
बैठकमा पार्टीका बहुसङ्ख्यक केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित: २६ पुस २०८२ २०:११ शनिबार





