३ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

एन्फा महिला लिग : आर्मी दोस्रो स्थानमा, कोशी पराजित

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार कोशी प्रदेशलाई ५–० गोलले हराउँदै आर्मी दोस्रो स्थानमा पुगेको हो । जितपछि आर्मीको ६ खेलमा १३ अंक भएको छ । शीर्ष स्थानमा रहेको अर्को विभागीय टोली नेपाल एपीएफ क्लबको १६ अंक छ ।

 दोस्रो स्थानको नेपाल पुलिस क्लब भने तेस्रो स्थानमा झरेको छ । यद्यपि उसले एक खेल कम खेलेको छ । हारपछि पनि १० अंक भएको कोशी चौथो स्थानमा कायम छ ।

आर्मीको जितमा विमला चौधरी र अनिता लम्जेलले समान २ तथा हिमा चौधरीले १ गोल गरिन् । विमलाले आठौं र दशौं तथा अनिताले ३८औं र ६०औं मिनेटमा गोल गरे । थप एक गोल भने हिमाले २१औं मिनेटमा गरेकी थिइन् ।  

यसअघि मंगलबार नै भएको पहिलो खेलमा एपीएफले संकटा क्लबलाई ३–० गोलले पराजित गरेको थियो । 

प्रकाशित: १ आश्विन २०८१ १८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App