१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

पौडीको चार सय मिटर मिडलेमा फ्रान्सका लियोन मार्चान्डले बनाए ओलम्पिक कीर्तिमान

फ्रान्सका लियोन मार्चान्डले पेरिस ‌ओलम्पिकअन्तर्गत पौडीको ४०० मिटर व्यक्तिगत मिडलेमा कीर्तिमानसहित स्वर्ण पदक जितेका छन्।

माइकल फेल्प्सले सन् २००८ मा बेइजिङ ओलम्पिकमा बनाएको कीर्तिमान तोड्दै मार्चान्डले पेरिस ‌ओलम्पिकमा आफ्नो नाम लेखाएका हुन्। उनले निर्धारित दुरी ४ मिनेट ०२।९५ सेकेन्डमा पूरा गरे। जापानका टोमोयुकी मात्सुशिताले रजत र अमेरिकाका फोस्चरले कास्य पदक जिते।

फ्रान्सले पेरिस ‌ओलम्पिकमा पदक आशा गरेका मुख्य खेलाडी २२ वर्षीय मार्चान्डले अब २०० मिटर मिडले, २०० मिटर बटरफ्लाई र २०० मिटर ब्रेस्टस्ट्रोकमा पनि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १४ श्रावण २०८१ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App