पश्चिम नवलपरासीको प्रतापपुरमा चितुवाले आक्रमण गर्दा चार जना घाइते भएका छन् ।
प्रतापपुरको गुठीप्रसौनीमा एक्कासि बस्ती छिरेको चितुवाले आक्रमण गर्दा आफ्नै खेतमा काम गरिरहेका ३६ वर्षका रघुवीर केवट, ३० वर्षका प्रेम कोइरी, २८ वर्षका उमालाल कोइरी र सुस्ता गाउँपालिका ५ का २७ वर्षका महमद मियाँ घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको ढाँड, खुट्टा र हातमा चोट लागेको छ ।
प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तका अनुसार, सबैको सामान्य अवस्थामा स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
प्रकाशित: १२ वैशाख २०८२ १७:१६ शुक्रबार





