१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

टी-२० विश्वकप क्रिकेटः पाकिस्तान र क्यानडा भिड्दै

आईसिसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज एक मात्र खेल हुने भएको छ।

समूह ‘ए’ अन्तर्गत आज हुने खेलमा पाकिस्तान र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ।

बाबर आजमको कप्तानीमा रहेको पाकिस्तान आज पहिलो जितको खोजीमा मैदान उत्रने छ भने साद बिन जाफरको कप्तानीमा रहेको क्यानडा आफ्नो दोस्रो जितको खोजीमा रहने छ।

हालसम्म जारी सिजनमा पाकिस्तानले एक खेलमा पनि जित निकाल्न सकेको छैन भने क्यानडाले एक खेल जितेको छ र अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ।

प्रकाशित: २९ जेष्ठ २०८१ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App