२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

भारतविरुद्ध आयरल्यान्ड : प्रभाव पार्न सक्ने दुई खेलाडी

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत बुधबार भारतले आफ्नो पहिलो खेल खेल्दै छ। 

अमेरिकाको न्युयोर्कस्थित नसाऊ काउन्टीमा भारतले आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको हो । भारत र आयरल्यान्डबीचको खेल राति ८ः१५ बजे सुरु हुनेछ।  

 

विराट कोहली, भारत 

ट्वान्टी–२० विश्वकपका सबैभन्दा सफल ब्याट्सम्यान हुन्, विराट कोहली । उनले विश्वकपका २५ इनिङ्समा सर्वाधिक एक हजार १४१ रन बनाएका छन् । यस अवधिमा उनको औसत ८१.५ रहेको छ । जुन प्रतियोगिताको इतिहासमा कम्तिमा ४०० रन बनाउने ब्याट्सम्यानमध्ये सबैभन्दा धेरै हो । यसबाहेक उनले विश्वकपका २५ इनिङमा १४ अर्धशतक बनाएका छन्, जुन विश्वकै उच्च हो ।  

तर, विराटले कति नम्बरमा ब्याटिङ गर्छन् हेर्न भने रोचक हुनेछ । भर्खरै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरका लागि उनले ओपनिङ गरेका थिए ।

उनी त्यसमा सफल पनि भए । १५ इनिङ्स खेलेका उनले एक शतक र चार अर्धशतकसहित सर्वाधिक ७४१ रन बनाए । ओरेन्ज क्याप जितेका उनले ६१.७५ को औषत र १५४.६९ को स्ट्राइक रेटमा रन बनाएका हुन् ।  

ट्वान्टी–२० आईमा विराटले नौ खेलमा ओपन गरेका छन् । जसमा उनले ५७ को औसत र १६१ को स्ट्राइक रेटमा रन बनाएका छन् । उक्त क्रममा उनले दुई अर्धशतक र एक शतक प्रहार गरेका छन् । तर, उनले धेरैजसो ट्वान्टी–२० आईमा तेस्रो नम्बरमा ब्याटिङ गरेका छन् । तेस्रो नम्बरमा उनले ५४ को औसतमा तीन हजारभन्दा बढी रन बनाएका छन् ।

 

मार्क एडेयर, आयरल्यान्ड

दायाँ हाते तीव्रगतिका बलर मार्क एडेयरले आयरल्यान्डका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । आफ्नो पछिल्लो सात खेलमा उनले १३ विकेट लिएका छन् । विश्वकपको तयारीस्वरूप पाकिस्तानसँग खेलिएको तीन शृंखलामा उनले २२.२० को औषत र ९.३८ को इकोनोमीमा पाँच विकेट लिएका थिए ।

त्यसपछि नेदरल्यान्ड्स, स्कटल्यान्ड र श्रीलंकासँग भएको खेलमा आठ विकेट लिएका थिए ।  हालसम्म खेलिएको ट्वान्टी–२० आईमा उनले ८३ इनिङ्समा ११९ विकेट लिएका छन् । उनको औषत १९.३३ र इकोनोमी ७.७५ रहेको छ ।

बलिङसँगै उनले ब्याटिङमार्फत पनि आयरल्यान्डलाई योगदान दिन सक्छन् । उनले विश्वकपअघि भएको स्टकल्यान्ड, आयरल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलाम नेदरल्यान्ड्सविरुद्ध खेलम २४ बलमा सात छक्का र २ चौकासहित ४९ रनको योगदान दिएका थिए ।

प्रकाशित: २३ जेष्ठ २०८१ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App