१९ आश्विन २०८१ शनिबार
image/svg+xml
Deep Subedi
दीप सुवेदी


दीप सुवेदीका लेखहरु :

लिगको गुणस्तर जाँच्ने मौका

सिनियर होस् या जुनियर नेपाली राष्ट्रिय टोलीले यसअघि ठूला प्रतियोगिताबाट बाहिरिएपछि सधैं एकै बहाना हुन्छ-लिग भएको छैन, धेरै समयपछि खेलाडी मैदान उत्रिएका हुन्, प्रशिक्षण पनि धेरै गर्न पाइनन् यस्तैयस्तै।

विदेशी खेलाडीको भरमा उडान भरिरहेको वालिङ

वालिङले कोटाअनुसार दोस्रो खेलबाट मात्रै युगान्डाका फातुमा नकासुम्बा, भायोला नमुदु, सिसी एन्टोन्गो र ज्याकलिन नसालीलाई मैदान उतारेको हो। सुरुमा कमजोर देखिएको वालिङलाई यी चार खेलाडीले लिगमा डेब्युदेखि नै पार लगाउँदै आएका छन्। वालिङ यहाँसम्म पुग्नुको मुख्य कारण नै यी खेलाडी हुन्।

महिला फुटबल लिग: चन्द्रपुरलाई ‘सरप्राइज’ नतिजा

एन्फा महिला फुटबल लिगमा फेरि प्रमाणित भएको छ, मोफसलका टोली र क्लबले पनि पाएका अवसरमा विभागीय जस्तै आफूलाई बलिया साबित गर्न सक्नेछन्।

एएफसी यू–२० एसियन कप छनोट: साफको पीडा भुलाउने लक्ष्यमा नेपाल

पहिला एएफसी युथ च्याम्पियनसिप र अहिले एसियन कपको नाममा आयोजना हुने प्रतियोगिताको छनोटमा नेपालले धेरै अघिदेखि नै सहभागिता जनाउँदै आएको हो। तर, सफलता भने एकपल्ट मात्रै मिलेको इतिहास छ, त्यो थियो सन् २००६ मा।

‘मुभ अन’ लक्ष्यमा सुदूरपश्चिम

प्रायः प्रशिक्षक आफ्नो टोलीले हार्दा टाउको समाउँछन्, निराशा व्यक्त गर्दै खेलाडीसँग असन्तुष्टी पोख्छन्। तर, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी महिला लिगमा यस्तो एक टोली छ, जसका प्रशिक्षक गोल खाँदा पनि ताली पिट्छन्, खेलाडीलाई उल्टै ‘टचलाइन’ मा उभिएर हौसला दिन्छन्।

एन्फा महिला लिग : चन्द्रपुरको लक्ष्य अब शीर्ष पाँच

तेस्रो चरणसम्म मात्रै दुई अंक जोडेको चन्द्रपुर नगरपालिकाको एन्फा महिला लिगमा एउटै लक्ष्य थियो, रेलिगेसनबाट उत्रिने । तर, अहिले चन्द्रपुरको लक्ष्य फेरिएको छ ।

अंकतालिकामा विभागीय टोलीको अग्रता

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एकतर्फी खेलमा बागमती युथ क्लबमाथि ३–० को जित दर्ता गरेकै दिन बिहीबार एपिएफ क्लबले पनि वालिङ नगरपालिकालाई पराजित गर्दै एन्फा महिला लिगमा दोस्रो चरण पुग्ने होडलाई बलियो बनाएको छ।

एन्फा पदाधिकारीले मैदान ओगट्दा अभ्यास गर्नेलाई सास्ती

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार महिला लिगमा संकटा फुटबल क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा सुरु हुनुअघि नै एकाएक दक्षिणी पारापिट खचाखच भरियो।

सात महिनापछि एकदिवसीय फर्म्याटमा फर्किंदै नेपाल

लामो समयपछि एक्कासि एकदिवसीयबाट क्रिकेटको सबैभन्दा छोटो फम्र्याट ट्वान्टी–२० सिफ्ट हुनुपर्दा टोलीको त्यो लक्ष्य पूरा हुन सकेन। त्यसैले त्यो अस्ताइसकेको लक्ष्य छाड्दै नेपाली टोली पुनः लामो फर्म्याटको क्रिकेटमा उदाउने प्रयास गर्दै छ।

विभागीयलाई पनि उत्तिकै संघर्ष

शनिबार आर्मीविरुद्ध २–१ को जित निकाल्न पनि एपिएफलाई निकै संघर्ष गर्नुपर्‍यो। यही लिगमामार्फत प्रशिक्षणमा डेब्यु गरेका चुनबहादुर थापाको रक्षात्मक रणनीति बुझ्न एपिएफलाई मुस्किल पर्‍यो।

बागमतीलाई आत्मघाती गोलको पीडा

लगातार दोस्रो खेलमा जित हासिल गरे पनि कोसी खुसी देखिँदैन। फिनिसिङ लाइन राम्रो रहे पनि मिडिफिल्डमा सुधार गर्नुपर्ने देखिएको छ।

एपिएफमा खड्कियो सावित्राको अभाव

तर, सावित्राबिना घरेलु टोली सबाह एफसी र उज्वेकिस्तानको पिएफसी नासफसँग प्रतिस्पर्धा गरेको एपिएफले प्रतियोगिताभर खासै उल्लेखनीय अवसर सिर्जना गर्न सकेन। त्यसैले एपिएफ पहिलो सहभागितामै जितविहीन हुँदै स्वदेश फर्कियो।

एन्फा महिला लिगः पर्याप्त तयारीबिनै खेल्दै टोली, आज कोशी र वालिङ भिड्दै

अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्वनिर्धारित संरचनालाई परिवर्तन गर्दै सिंगल राउन्ड रोबिनमा महिला लिग सञ्चालन गर्ने भएको छ। एन्फा कम्प्लेक्समा हुने लिगको उद्घाटन खेलमा आज कोशी प्रदेश र वालिङ नगरपालिका भिड्दैछन्।

फुटबलभन्दा अन्य कुरामै व्यस्त एन्फा

करिब साढे दुई महिना फुटबलविहीन बनेको बाङ्लादेश पुनः अन्तर्राष्ट्रिय प्रतियोगिता फर्किँदै छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्