१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

आईसीसी टी–२० : आजराति दक्षिण अफ्रिका र श्रीलङ्काबीच प्रतिस्पर्धा हुँदै

आईसीसी टी–२० विश्वकप २०२४ को चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलङ्कासँग आज न्यूयोर्कमा खेल्दैछ । यी दुईबीचको खेल नेपाली समय अनुसार आज राति ८: १५ बजे सुरु हुनेछ ।

दक्षिण अफ्रिका र  श्रीलङ्का नेपालकै समूह डीमा रहेका छन्। समूह डीमा बङ्गलादेश र नेदरल्याण्ड्स पनि छन । दक्षिण अफ्रिका र श्रीलङ्का बीचको खेल नेपालको लागि पनि महत्त्वपूर्ण रहेको छ। समूह ‘डी’ लाई ‘ग्रुप अफ डेथ’ भनिएको छ। ‘ग्रुप अफ डेथ’ को अर्थ हो, जहाँ ठुला टिम अपेक्षाकृत कमजोर टिमसँग पराजित हुने खतरा हुन्छ।

दक्षिण अफ्रिका र  श्रीलङ्काले आईसीसी टी–२० विश्वकपमा पहिलो संस्करणबाटै सहभागिता जनाउँदै आएका छन्। श्रीलङ्काले  सन् २०१४ मा उपाधि जितेको थियो भने २००९ र २०१२ मा उपविजेता भएको थियो।  दुई संस्करणमा श्रीलङ्का  सेमिफाइनलसम्म पुगेको थियो। दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा अहिलेसम्म उपाधि जितेको छैन । दुई संस्करणमा सेमिफाईलमा पुग्नु नै उसको सबैभन्दा ठूलो उपलब्धि हो।

टी–२० विश्वकपमा दक्षिण अफ्रिका र  श्रीलङ्काबीच चार पटक प्रतिस्पर्धा भएको छ।तीन पटक दक्षिण अफ्रिकाले श्रीलङ्काले जित्दा श्रीलङ्काले एक पटक मात्र जितेको छ। टी–२० मा यी दुई टोली बीच १७ पटक प्रतिस्पर्धा भएको  छ। ११ पटक  दक्षिण अफ्रिका र ५ पटक श्रीलङ्काले खेल आफ्नो पक्षमा पारेका छन् । एउटा खेल भने बराबरीमा सकिएको थियो।

सोमबार राति हुने खेलमा जित निकाल्दै दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने योजनामा हुनेछन् । 

प्रकाशित: २१ जेष्ठ २०८१ १८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App