फेसबुकमार्फत सहयोग संकलन गरेर युवाहरुले गर्भवती, स्तनपान गराउने र सुत्केरी महिलाका साथै किशोरी र बालबालिकालाई पोषण खानेकुरा सहयोग गरेका छन् । भोर क्याम्पियनमार्फत संकलित रकमबाट वीरेन्द्रनगर नगरपालिका–१ का १०१ जना महिला, किशोरी र बालबालिकाहरुलाई अण्डा, हरियो तरकारी, तोरीको तेल, गेडागुडी, दाल, पोषणयुक्त चामललगायत सहयोग गरिएको हो ।
सांसदहरुको प्रस्ताव : एसईई खारेज गरौं
कोरोना भाइरसका कारण प्रभावित माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई खारेज गर्नुपर्ने माग सांसदहरुले गरेका छन्।
एआइएनद्वारा मेडिकल सामाग्री सहयोग
अन्तराष्ट्रिय गैरसरकारी संस्था संघ ९एआइएन० ले कोरोना ९कोभिड–१९० महामारी नियन्त्रणका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वय तथा समाज कल्याण परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एकमुष्ट रुपमा मेडिकल सामग्री हस्तान्तरण गरेको छ।
पास भए पनि सवारी साधन चलाउन नपाइने
जिल्ला प्रशासन कार्यालय दाङले बन्दाबन्दीलाई थप कडा गर्न थालेको छ। अत्यावश्यक सवारी साधनबाहेक पास भए पनि कसैका गाडी गुडाउन नदिने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए।
किट नहुँदा चितवनको प्रयोगशाला बन्द
कोरोना भाईरस (कोभिड–१९) को जाँचलाई तीव्र बनाउन चितवनमा स्थापना गरिएको कोभिड–१९ परीक्षण प्रयोगशाला किट अभावका कारण विगत एक हप्तादेखि बन्द अवस्थामा रहेको छ।
विदेशमा समस्यामा परेका पालिकाबासीको उद्वारका लागि परराष्ट्र मन्त्रालयलाई आग्रह
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले विभिन्न देशमा पुगेको अवस्थामा बिरामी परेका, रोजगारी गुमाएका तथा अलपत्र परेका आफ्नो नागरिकको उद्वारका लागि परराष्ट्र मन्त्रालयलाई गुहारेको छ । गाउँपालिकाबाट १ हजार ८७ स्थानीय विदेश पुगेकामा १५९ जनाको अवस्था दयनीय पाइएपछि उनीहरुको यथोचित उद्धार तथा सहयोगका लागि परराष्ट्र मन्त्रालयलाई लिखित आग्रह गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
कोरोनाविरुद्धको कोषमा ७५ हजार जम्मा
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्थापना गरेको कोरोना भाइरसविरुद्धको कोषमा दुई समाजसेवीबाट ७५ हजार रकम जम्मा भएको छ ।
छुटेका लकडाउन पीडितलाई राहत
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पहिलो चरणमा राहत लिन छुटेका लकडाउन पीडितलाई राहत बाँड्न थालेको छ । पहिलो चरणमा ६ सय परिवारलाई चामल, दाल, नुन, तेल र तरकारी बाँडेको गाउँपालिकाले छुट भएका वा तोकिएको मितिमा राहत लिन आउन नभ्याएका लकडाउन पीडितलाई वडा–वडामा पुगेर राहत दिन थालेको हो । मंगलबार दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ५६ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ४४ परिवारलाई राहत प्रदान गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए ।
बेलिब्रिज निकाल्न अगावै उपभोग्य बस्तु ढुवानीको तयारी
खोटाङको खोटेहाङ गाउँपालिकाले सुनकोसीको फोक्सिङटारमा लगाइएको बेलिब्रिज निकाल्न अगावै उपभोग्य बस्तु एबं निर्माण सामग्री ढुवानीको तयारी गरेको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटामा लगाइएको अस्थायी बेलिब्रज वर्षा सुरु भएसँगै निकाल्न लागिएको अवस्थामा खोटेहाङ गाउँपालिकाले आवश्यक खाद्यान्न, निर्माण सामग्री लगायत अत्यावश्यक वस्तु ढुवानी गर्ने र स्टक गर्ने तयारी थालेको हो ।
किसानलाई गहुँबाली भित्र्याउन समस्या
केहि दिनयता मौसममा आएको खराबीका कारण बाजुराका किसानहरुलाई गहुँबाली भित्र्याउन समस्या भएको छ । लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश कृषकहरुलाई पाकिसेको अन्नबाली भित्र्यान समस्या भएको हो ।
बिराटनगर र सुनसरीमा रहेका पालिकावासीलाई गाउँपालिकाको राहत
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कामका सिलसिलामा बिराटनगर र सुनसरीमा बसिरहेको अवस्थामा ‘लकडाउन’को मारमा परेका गाउँपालिकावासीलाई राहत बाँड्न सुरु गरेको छ । दैनिक जीवन यापनका लागि मजदुरीको काम गरिरहेका वा अध्ययनका सिलसिलामा शहरमा बसिरहेको अवस्थामा लागू गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका पालिकाबासीलाई गाउँपालिकाले कोठा–कोठामै पुगेर चामल, दान, नुन, तेल लगायतका खाद्यवस्तु उपलव्ध गराउन थालेको हो ।
ब्यक्तिगत खर्चमै टोलटोलमा स्वास्थ्य सामग्री वितरण
उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष तथा समाजसेवी कुलबहादुर विकले ब्यक्तिगत खर्चमा ५ लाखको स्वास्थ्य सामाग्रीहरु टोलटोलमा वितरण गरेका छन् । दैलेख बजारमा सुनचाँदी ब्यवसाय गरेका विकले कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य सामाग्रीहरु किनेर वितरण गरेका हुन् । उनले समुदायदेखी वडा कार्यालयसम्म पुगेर स्वास्थ्य सामाग्री हस्तान्त्ररण गरेका छन् ।
घरदैलोमै सामाजिक सुरक्षा भत्ता
बैतडीको दशरथचन्द नगरपालिकाले घरदैलोमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता टोलटोलमा गएर वितरण भइरहेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिइन् । लकडाउनका कारण एक ठाउँमा धेरै मानिस जम्मा गरेर भत्ता वितरणमा असहज हुने र बैंकबाट पनि वितरण गर्न सक्ने अवस्था नरहेकाले घरदैलोमा कर्मचारी र जनप्रतिनिधि पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको उनले बताइन् ।
जंगली च्याउ खाँदा पाल्पामा एकैघरका ७ जना बिरामी
जंगली च्याउ खादा पाल्पामा एकै परिवारका ७ जना बिरामी भएका छन् । तिनाउ गाउँपालिका ३ दोभान फूलबारीका लोक गायक वर्ष ३२ का अमरदीप विसिसहित ७ जना बिरामी भएका हुन ।
दादुरा–रुबेला खोप अभियान पुनः सुरु
कोरोना भाइरसको संक्रमको कारण जारी लकडाउनले रोकिएको दादुरा–रुबेला खोप अभियान बैतडीमा पुनः सुरु हुने भएको छ । गत चैत १ देखि १४ गतेसम्म सञ्चालन भएको खोप अभियान चैत ११ गतेदेखि रोकिएको थियो । जिल्लाका चार स्थानीय तहमा खोप अभियान प्रभावित भएको र ती स्थानीय तहमा वैशाख २६ गतेदेखि सुरु गर्ने तयारी भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
भारतमा नेपालीको बिचल्ली
लकडाउनका कारण भारतका विभिन्न सहरमा रोजागारी गर्न गएका नेपाली बिचल्ली परेका छन् । घर फर्कदा बाटोमा र काम गर्ने कम्पनी बन्द हुँदा समस्यामा परेका छन् । कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएपछि भारतले लकडाउन घोषणा गरेपछि रोजगारीको लागि भारत गएका नेपाली अलपत्र परेका हुन् ।
एम्बुलेन्समा कडाइ
जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिरामी बोक्ने एम्बुलेन्सलाई पनि कडाइ गरेको छ । बिरामीको बहानामा अनावश्यक यात्रु ओसारपसार गरेर एम्बुलेन्सको दुरुपयोग भइरहेको गुनासो बढ्न थालेपछि प्रशासनले एम्बुलेन्समा बिरामी र एकजना मात्र बिरामीको कुरुवा एम्बुलेन्सले बोक्नु पर्ने सूचना जारी गरेको छ ।
मापदण्ड अनुसार क्वारेन्टाइन व्यवस्थापन गर्न अदालतको आदेश
भारत तथा तेस्रो मुलुकबाट जुम्ला भित्रिने नागरिकलाई क्वारेन्टाइनमा राख्न मापदण्ड हुबहु लागू गर्न उच्च अदालत सुर्खेत, जुम्ला इजलासले आदेश दिएको छ ।
कल्भर्टमा बसेकाहरुको उद्वार
चार दिनदेखि सीमावर्ती झुलाघाटमा सडकको कल्भर्टमा बस्दै आएका आठ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । भारतीय प्रशासनले कल्भर्टबाट उद्वार गरी मोनाकोट क्वारेन्टाइनमा राखेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । कल्भर्टमा बस्दै आएको जानकारी पाएपछि भारतीय प्रशासनलाई उद्धारको लागि आग्रह गरिएपछि क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको प्रजिअ पौडेलले बताए ।
गोरखाको चेपाङ बस्तीमा दादुराको संक्रमण
गण्डकी गाउँपालिका वडा नम्बर ६ र ७ का ८ जनालाई दादुरा रोगको संक्रमण भएको छ । चेपाङ बस्तीमा ६ महिनादेखि २९ वर्ष उमेर समूहका मानिस दादुराबाट संक्रमित भएका छन् ।
दैनिक ६०० लाई निःशुल्क खाना
बन्दाबन्दीको समयमा नेपाल स्वयंसेवक सङ्घले भक्तपुर र कोटेश्वरका विभिन्न स्थानमा निःशुल्क खाना खुवाइरहेको छ।
किराँत समाज सुधार दिवस मनाइँदै
किराँत धर्मावलम्बीले ‘सत्यधर्म मुचुल्का’ को पाठ पारायण एवं व्यवहारमा लागू गरी ९०औँ किराँत समाज सुधार दिवस मनाउँदैछन् ।
गर्भवती, सुत्केरी र बालबालिकालाई पोषण प्याकेज
फेसबुकमार्फत सहयोग संकलन गरेर युवाहरुले गर्भवती, स्तनपान गराउने र सुत्केरी महिलाका साथै किशोरी र बालबालिकालाई पोषण खानेकुरा सहयोग गरेका छन् । भोर क्याम्पियनमार्फत संकलित रकमबाट वीरेन्द्रनगर नगरपालिका–१ का १०१ जना महिला, किशोरी र बालबालिकाहरुलाई अण्डा, हरियो तरकारी, तोरीको तेल, गेडागुडी, दाल, पोषणयुक्त चामललगायत सहयोग गरिएको हो ।
गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम
जुम्लाको तिला गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा पनि सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै गर्भवती महिलालाई स्वास्थ्य संस्थाको पहुँचसम्म पुर्याउन सुनौलो हजार दिनअन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गरेको छ।
लुकीछिपी भित्रिने क्रम नरोकिँदा जोखिम बढ्दै
भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम अझै रोकिएको छैन। नदी तरेर वा लुकेर सीमाबाट आउने क्रम नरोकिएपछि जोखिम बढ्दै गएको छ।