६ वैशाख २०८१ बिहीबार
समाज

किसानलाई गहुँबाली भित्र्याउन समस्या

बाजुरा- केहि दिनयता मौसममा आएको खराबीका कारण बाजुराका किसानहरुलाई गहुँबाली भित्र्याउन समस्या भएको छ । लगातार पानी परिरहेकाले जिल्लाका अधिकांश कृषकहरुलाई पाकिसेको अन्नबाली भित्र्यान समस्या भएको हो ।

उब्जनीका हिसाबले राम्रो मानिने जिल्लाको बुढीगंगा, त्रिवेणी, बडिमालिका, बुढीनन्दा नगरपालिका, खप्तड छेडेदह गाउँपालिकाका खेतमा पाकेको गहुँ वर्षाका कारण बिग्रर्दै गएको अवस्था छ ।

एक हप्तादेखि लगातार पानी पर्ने र बादल लाग्ने गरेकाले आफूहरुले पाकेको गहुँ काट्न नपाएका छैनन् । मौसम खराबीका कारण गहुँ काट्न मात्र समस्या नभई काटिएका गहुँबाली चुट्न र सुकाउन समेत समस्या देखिएको छ । कतिपय किसानले काटिसकेको गहुँ पनि सुकाउन समेत पाएका छैनन् ।

जिल्लाका सबै किसानहरुको उस्तै समस्या रहेको छ । पाकेको गहुँ खेतमै कुहिएको छ’ भने बारीमा फलेको तरकारी समेत उनीहरुले बजारमा पुर्याउन पाएका छैनन् । लगातारको मौसम खराबीका कारण यो वर्ष पसाउने समयमा लगातार वर्षा हुँदा गहुँबालीमा रोग देखिएकाले उब्जनी समेत कम हुने अनुमान गरिएको छ ।

यसवर्ष मौसम बदलीका कारण अत्याधिक वर्षा भएकोे हुँदा गहुँमा पहेलो सिन्दुरे, ढुसी रोगले धेरै क्षति भएको किसानहरुले बताएका छन् । तीन पटक असिनाले समेत चुटेर नष्ट भएर बचेको पनि भित्र्याउन समस्या भएकोमा किसानहरु दुखी छन् ।

गहुँ खेती असिनाले लिएर क्षति भएपनि बाँकी रहेको पनि किसानलाई सहज भित्र्याउन समस्या देखिएको कृषि त्रान केन्द्रले बताएको छ । उत्पादन हुने क्षेत्रमा गहुँ पाक्ने सिजन नै यही भएकोले लगातारको पानीले थप समस्या पारेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले बताएका छन् ।

प्रकाशित: २४ वैशाख २०७७ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App