coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ब्यक्तिगत खर्चमै टोलटोलमा स्वास्थ्य सामग्री वितरण

जिल्ला अस्पताल लाईनका स्थानीयहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्दै समाजसेवी कुलबहादुर विक । तस्बिर : गोविन्द/नागरिक

दैलेख– उद्योग बाणिज्य संघ दैलेखका अध्यक्ष तथा समाजसेवी कुलबहादुर विकले ब्यक्तिगत खर्चमा ५ लाखको स्वास्थ्य सामाग्रीहरु टोलटोलमा वितरण गरेका छन् । दैलेख बजारमा सुनचाँदी ब्यवसाय गरेका विकले कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य सामाग्रीहरु किनेर वितरण गरेका हुन् । उनले समुदायदेखी वडा कार्यालयसम्म पुगेर स्वास्थ्य सामाग्री हस्तान्त्ररण गरेका छन् ।

यस्तो महामारीका बेला आफुले सानो सहयोग गरेको बताए । उनले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, राष्टिय अनुसन्धान, कारागार, नारायण नपा १ र ६ वडा, अनाथ तथा वृद्ध आश्रमहरु, स्वास्थ्य सेवा कार्यालय, पत्रकार महासंघ शाखा, दैलेख बजारका विभिन्न टोलहरुमा स्वास्थ्य सामग्रीहरु वितरण गरेका हुन् । उनले जिल्ला प्रशासन कार्यालयसंग अनुमति लिएर स्वास्थ्य सामाग्री वितरण गरेका थिए । उनले स्यानिटाइजर, ग्लोब्स, डेटोल, साबुन र मास्कलगायत स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

आफूले ब्यक्तिगत रुपमा समुदायका लागि सानो सहयोग गरेको हुँ । ब्यवसायी कुलबहादुर विकले भने, यस्तो महामारीका बेला जसले जे सहयोग गर्न सकिन्छ त्यो गर्ने हो । मैले अँझ धेरै ठाउँमा सहयोग गर्ने ईच्छा हुँदाहुँदै पनि सामाग्री अभावमा गर्न सकिएको छैन् ।

जिल्लाभर आफूले स्वास्थ्य सामाग्री वितरण गर्ने ईच्छा भएपनि सामान अभाव र प्रतिकुल अवस्थाले गर्न नसकिएको उनको भनाई छ । नारायण नगरपालिकाभित्र समाजसेवा कुलबहादुर विकले ब्यक्तिगत खर्चमै स्वास्थ्य सामाग्री वितरणले राम्रो प्रभाव पारेको नारायण नगरपालिका ६ वडाअध्यक्ष प्रकाश न्यौपानेले बताए ।

 

प्रकाशित: २४ वैशाख २०७७ ०७:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App