coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रदेश र संघीय सरकार नै असारे विकासका कारक, दोष स्थानीयलाई : नगरप्रमुख थापा

भक्तपुरको सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाले नगरपालिकामा असारे विकास नभएको दाबी गरेका छन्।

शनिबार नगरपालिकाको समन्वयमा राष्ट्रिय सञ्चार केन्द्र भक्तपुरले आयोजना गरेको अन्तरक्रियामा नगरपालिकामा असारे विकास नभएको र आफू असारे विकासको विरोधी भएको बताउँदै नगरपालिकामा असारे विकास नभएको दाबी गरेका हुन्।

उनले सूर्यविनायक नगरपालिकामा आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित बजेटमध्ये ९० प्रतिशतको काम सकिएको जानकारी दिँदै प्रदेश र संघीय सरकार नै असारे विकासका कारक रहेको बताए। ‘हामीलले हाम्रा योजनाहरु ९० प्रतिशत सकाइ सकेका छौं, प्रदेश र संघीय सरकारका योजनाहरु नै असारे विकासमा परेका छन्’, उनले भने।  

उनले सोही कारण स्थानीय तहले असारे विकास भएको देखिने बताए। ‘असारे विकासलाई नसुधारी हुन्न, प्रदेश र संघीय सरकारले जेठमा सम्झौता गराउँछ, अनि असारे विकास गर्यो भनी स्थानीय सरकारलाई दोष।’ उनको भनाइ छ।

उनले आफूहरु निर्वाचित भएको चार वर्ष बितिसकेको बताउँदै वितेका दिनहरुमा सम्झनलायक विकास गरेको बताए।

अन्तरक्रियामा नगर उपप्रमुख जुना बस्नेतले नगरपालिकालाई आत्मनिर्भर बनाउने नीति र योजना बनाएको बताइन्। उनले नगरपालिकाको प्रत्येक वडामा रहेका धार्मिक, ऐतिहासिक सम्पदाहरुको संरक्षणका लागि बजेट विनियोजन गरेको जानकारी दिँदै जनताको अपेक्षालाई सम्बोधन गर्न नगरपालिका लागिरहेको बताइन्।

नगरपालिकाको सामाजिक तथा पूर्वाधार विकास समितिका संयोजक एवं सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलका अध्यक्ष किरण थापामगरले नगरपालिकाको विकासका लागि सबै जनप्रतिनीधि एकजुट भएर लागेको बताए। उनले नगरपालिकाका सुगममात्र नभएर दुर्गम क्षेत्रको विकासका लागि समेत नीति बनाएर बजेट विनियोजन गरिएको बताए।

नगरपालिकाको समृद्धिका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतलाई प्राथमिकता दिँदै निजी क्षेत्रलाई पनि सँगै लगी विकासका काममा साझेदार बनाएको उनको भनाइ छ। उनले नगरपालिकाभित्र रहेका पर्ती जग्गाहरुलाई वहुउपयोग गर्ने तरिकाले व्यवस्थापन गर्न लागेको समेत बताए।

अन्तरक्रियामा नगरपालिकाका प्रवक्ता एवं वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसीले नगरपालिकालाई नमूना बनाउने अभियान जारी रहेको बताए।

प्रकाशित: २६ असार २०७८ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App