३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

सहकारी ठगीका आरोपित जीबी राईसहित १८ जनालाई नेपाल ल्याउन सरकारलाई विशेष समितिको निर्देशन (नामसहित)

संसदीय छानविन विशेष समितिले सहकारी ठगीको आरोप लागेर विदेशमा रहेका जीबी राईसहित १८ जनालाई तत्काल नेपाल झिकाउन सरकारलाई निर्देशन दिएका छ। साथै समितिले पुर्पक्षका लागि थुनामा रहेकाहरुसँग समेत बयानको वातावरण बनाउन सरकारलाई भनेको छ।  

सूर्य दर्शन, स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लगायतका जीबी राईसहित १८ जनालाई झिकाउन सरकारलाई निर्देशन दिएको छ ।  

सोमबार सिंहदरबारमा गृहमन्त्री रमेश लेखकसहित गृहसचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गर्दै समितिले यस्तो निर्देशन दिएको हो । समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै बैठकमा विवरण नै प्रस्तुत गरेको थियो।  

यो पनि पढ्नुहोस्

सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको छः गृहमन्त्री लेखक

सहकारीको रकम दुरुपयोग,अपचलन र ठगीमा संलग्न भरहेको आरोपमा पक्राउ परेकाहरुसँग पनि वयान लिने तयारी भएको समिति सभापति सूर्य थापाले जानकारी दिए। थापाका अनुसार समितिले देशबाहिर रहेकाको नाम गृहमन्त्रीलाई उपलब्ध गराइसकेको छ ।  

बैठकमा गृहमन्त्री लेखकले समितिले विधिवत् रूपमा गरेको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

सहकारीको रकम दुरुपयोग गरेको आरोप लागेर विदेशमा रहेकाहरुमा सूर्य दर्शन सहकारीका जीबी राई, भुपेन्द्र राई, ज्ञानबहादुर बम्जन र थानबहादुर बुढामगर, सुमेरू सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जन छन्। यस्तै शिव शिखर सहकारीका तेजबहादुर बम्जन, इमेज वचत सहकारीका देवकुमार नेपाली, दीपक पौडेल र छेदा नेपाली, सानोपाइला सहकारीका तस्बिरन खातुन र असरफ अलि, सहारा सहकारीका सुवास केसी, शिव शिखर सहकारीका लीलानाथ गौतम, मेघा ड्रिम सहकारीका महाशंकर रेग्मी र कान्तिपुर कोअपरेटिभका प्रेमध्वज लामालाई पनि नेपाल झिकाउन समितिले निर्देशन दिएको छ। 

प्रकाशित: १४ श्रावण २०८१ १५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App