रास्वपाबाट प्रधानमन्त्रीका रूपमा अघि सारिएका काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) कुन क्षेत्रबाट उम्मेदवार सिफारिस होलान् भन्ने कौतूहलता जनमानसमा उत्पन्न भएको छ। सामाजिक सञ्जालहरूमा झापा–५ बाट उम्मेदवारी दिने चर्चा चले पनि उनी चुनाव लड्न त्यहाँ भने नजाने भएका छन्।
उनले काठमाडौंको कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने बताइएको छ। काठमाडौंबाट उम्मेदवारी दिने अवस्था नबने उनले महोत्तरीलाई रोज्ने उनीनिकट युवाहरूले बताएका छन्।
तर बालेन आफैँले भने यसबारे मुख खोलेका छैनन्। काठमाडौंमा बालेनको घर क्षेत्र नं. २ मा पर्छ। यसअघि सो क्षेत्रमा रास्वपाबाट सोबिता गौतमले चुनाव जितेकी थिइन्। यस पटक उनले चितवन–३ रोज्ने सम्भावना छ। चितवन ३ गौतमको घर भएको क्षेत्र हो।
यो पनि पढ्नुहोस्
उम्मेदवार छनोटको गृहकार्यमा रास्वपा : कसले कहाँबाट दिँदै छन् उम्मेदवारी ?
प्रकाशित: २२ पुस २०८२ ०७:१० मंगलबार





