३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताएका छन्।

सोमवार बिहान सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्री लेखकले जवाफ दिँदै सहकारीको बचत रकम हिनामिना गरी फरार भएकाहरूलाई पक्राउ गर्न काम गरिरहेको बताए।

सहकारी बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरी जेलमा राखिएकाहरूको बयानका लागि गृह प्रशासनले सहजीकरण गर्ने पनि उनले बताए।

देश–विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई चाँडो पक्राउ गरी दिन समितिले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

यस्तै छानबिन समिति संयोजक सूर्यबहादुर थापा क्षेत्रीले सहकारी सम्बन्धी मुद्दामा जेलमा भएकाहरुको बयानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए। जसको जवाफ उनले बैठकमा दिएका हुन्।

यस्तै गृह मन्त्री लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताए।

उनले भने, ‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ। सहकारी बचत रकम दुरुपयोग संसदीय छानविन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु।’

समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे।

बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्त कुँवर पनि सहभागी थिए।

प्रकाशित: १४ श्रावण २०८१ १३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App