२९ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमाले सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज (मंगलबार) केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।

एमालेका सचिव भानुभक्त ढकालले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधि सभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल गर्न बैठक डाकिएको जानकारी दिए।

उनका अनुसार बैठक आज बिहान ९ः०० बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय बस्ने छ।

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गते काठमाडौंमा बस्ने भएको छ। 

प्रकाशित: २२ पुस २०८२ ०७:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App