४ फाल्गुन २०८२ सोमबार
image/svg+xml
खेल

विश्वकप: नेपाल र इटालीबीचको खेल सुरु

आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाल र इटालीबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा सुरु भएको छ।

खेलमा टस जितेर इटालीले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ।

नेपालका लागि ओपनिङ जोडीका रूपमा कुशल भुर्तेल र आसिफ शेख क्रिजमा उत्रिएका छन्।

समूह ‘सी’ अन्तर्गत आफ्नो दोस्रो खेल खेलिरहेको नेपाल आज स्पष्ट जितको खोजीमा छ। यसअघि भएको पहिलो खेलमा बलियो टोली इंग्ल्यान्डसँग ४ रनको झिनो अन्तरले पराजित भएको थियो।

कप्तान रोहित पौडेलको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोलीले आजको खेलमा एक परिवर्तन गरेको छ। स्पिनर ललित राजवंशीलाई प्लेइङ-११ मा समावेश गरिएको छ।

प्रकाशित: २९ माघ २०८२ १५:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App