४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

चुम्बक प्रयोग गरेर त्रिशूलीमा खसेका बसको खोजी गरिंदै

त्रिशूली नदीमा खसेका दुईवटा डिलक्स बसको खोजी चुम्बकबाट सुरु भएको छ।

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रवार बिहान ३ः ३० बजे काठमाडौंबाट रौतहट जाँदै गरेको र वीरगञ्जबाट काठमाडौं आउँदै गरेको २ वटा यात्रुबाहक बस लेदोसहितको पहिरोसँगै त्रिशुली नदीमा बगेको थियो।

शुक्रवार र शनिवार दिनभरको प्रयासपछि पनि बस फेला नपर्दा आजबाट ठूलो चुम्बकको प्रयोग गरेर बस खोज्ने प्रयास भइरहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले बताए।

उनले हालसम्म ३ जनाको शव फेला परेको भएपनि बस अझै फेला नपरेका कारण चुम्बकको मद्दतले बसको खोजी कार्य सुरु भएको बताए।

बिहान ७ बजेदेखि नै आजपनि खोजी कार्य सुरु भएको भन्दै उनले नेपाली सेना र सशस्त्र प्रहरीका गोताखोर तथा नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको बताए।

घटना भएको दुई दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि ठूलो चुम्बकको सहायताले खोजी गर्न लागिएको उनले बताए।

शुक्रवार काठमाडौँबाट गौर जादै गरेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदोसहितको पहिरोमा परी त्रिशूलीमा खसेका थिए।

प्रकाशित: ३० असार २०८१ ०७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App