१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भैरहवाबाट महरालाई काठमाडौँ ल्याइँदै

कपिलवस्तुकाे पकडीबाट पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौँ ल्याउने तयारी भइरहेको छ।

सुन प्रकरणमा संलग्न रहेको आरोपमा महरालाई आज बिहान पक्राउ गरिएको हो। बिहान ९ बजे उनी नवलपरासीकाे बर्दघाट पुगेपछि प्रहरीले निगरानी बढाएको थियो।

बर्दघाट क्रस गरेपछि प्रहरीको आँखा छल्न उनले तुरुन्त गाडी परिवर्तन गरेको स्रोतको दावी छ।

बर्दघाट पार गरेपछि गाडी परिवर्तन गरेका महरालाई रुपन्देहीमा पक्राउ गरेपछि आफू दाङ जान लागेको उनले बताएका थिए।

बीचमै परासीतिर उनी कतै लुकेर मोटरसाइकलबाट सीमापारी जाने प्रयासमा रहेको स्रोतले जनाएको छ।

बर्दघाटबाट महरा पार भएको प्रहरीले सेटबाट सबैतिर सन्देश प्रवाह गरेपछि खैलाबैला मच्चिएको थियो।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कारबाही गर्न निर्देशन दिएका महरा भारततर्फ जान खोजेको थाहा पाएपछि नवलपरासीका एसपी काजीकुमार आचार्य नै उनलाई पक्राउ गरेका हुन्।

प्रकाशित: ५ चैत्र २०८० १०:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App