४ वैशाख २०८२ बिहीबार
image/svg+xml ३:४१ पूर्वाह्न
राजनीति

नवराज सुवेदीलाई बिना पुर्जी घरमा प्रहरी निगरानीमा राखिएको छ : मानवअधिकार आयोग

फाइल तस्बिर

राष्ट्रिय मानव अधिकार आयोगले चैत १५ गते शुक्रबार भएको तीनकुन घटना र सोसँग सम्बन्धित व्यक्तिहरुको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको बताएको छ ।  

शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगले हिरासतमा रहेका, घाइते भएर उपचाररत तथा नजरबन्दमा राखिएका भनिएका व्यक्तिहरुको अवस्थाबारे बारम्बार जानकारी लिइरहेको बताएको हो । 

अनुगमनका क्रममा  ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलाई बिना पुर्जी बिनै घरमा प्रहरी निगरानीमा राखेको पाइएको आयोगले उल्लेख गरेको छ । आयोग सदस्य मनोज दुवाडी सम्मिलित टोलीले शुक्रबार नजरबन्दमा राखिएको भनिएका सुवेदीलाई भेटेको र विना पुर्जी निजकै घरमा प्रहरी निगरानीमा राखिएको पाइएको प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घटनाको पहिलो दिनदेखि नै निरन्तर अनुगमन गरिरहेको बताउँदै आयोगले प्रहरी हिरासतमा रहेका विभिन्न व्यक्तिको अवस्था र घटनामा परी घाइते भएकाहरूको उपचारको अवस्थाबारे जानकारी लिएको पोखरेलले जानकारी दिए ।  

तीनकुने घटनाबारे छानबिन र अनुसन्धान भइरहेकाले आवश्यक सहयोग पुर्‍याउन आयोगले सबैमा अपिल पनि गरेको छ । 

प्रकाशित: २२ चैत्र २०८१ १५:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App