२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

धुलिखेलमा मार्गनिर्देशन सेवा

शिक्षा तालिम केन्द्र धुलिखेलमा बुधबारदेखि मार्गनिर्देशन सेवा तथा डिजिटल प्लेटफर्म सञ्चलान  गरिएको छ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. डेनियल मेउलीले बुधबार संयुक्त रूपमा उक्त सेवाको उद्घाटन गरेका छन्। वृत्ति मार्गनिर्देशन सेवामा ८, ९ र १० का विद्यार्थीसहित युवालाई व्यक्तिगत र सामूहिक परामर्श प्रदान गरिनेछ।

उक्त सेवाले पेसाको बारेमा जानकारी गराई उपयुक्त वृत्ति मार्ग छनोट गर्न, पेसा अपनाउन र रोजगारीको बजारसँग जोड्न मद्दत गर्ने बताइएको छ। वृत्ति मार्गनिर्देशन सहजकर्ता र मनोविज्ञानमा ज्ञान भएका परामर्शकर्ताहरूबाट सेवा प्रदान हुनेछ। उद्घाटन कार्यक्रममा मन्त्री मोेक्तानले स्थानीय सरकारसँगको सहकार्यमा सेवाको सुदृढीकरण र विस्तार गर्न प्रदेश सरकारले आवश्यक स्रोत सधानको व्यवस्था गर्न प्रतिबद्ध भएको बताइन्।

उक्त कार्यक्रममा राजदूत मेउलीले वृत्ति मार्गनिर्देशन सेवा केन्द्रबाट शिक्षा र रोजगारीबीचको खाडललाई कम गर्न, सूचना तथा तथ्याङ्ककका आधारमा युवाहरूले निर्णय लिन सक्ने बताए। यस केन्द्रबाट युवाले आफ्नो व्यक्तिगत र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने अवसर प्रयोग गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

प्रकाशित: २४ फाल्गुन २०८० ११:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App