१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

घिउरामा सात सय प्रहरी परिचालन, कर्फ्यू जारी

फाइल तस्बिर

रौतहटको इशनाथ नगरपालिकाको घिउरामा सात सय प्रहरी परिचालन गरिएको छ। शनिबार साँझ ५ बजेदेखि लगाइएको कफ्र्यु जारी राख्दै सुरक्षा व्यवस्था कडा पर्न व्यापक सुरक्षाकर्मी परिचालन गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन्।

सरस्वती पूजाको भोलिपल्ट मूर्ति बिसर्जन गर्ने क्रममा दुई समुदायबीच विवाद उत्पन्न भएपछि इशनाथ ७ घिउराटोलमा झडपको स्थिति भएको थियो।

विवाद साम्य पार्न प्रशासन, प्रहरी तथा विभिन्न दलका राजनीतिक दल र सामाजिक अगुवा सक्रिय छन्। विवाद समाधान नहुँदा स्थिति तनावग्रस्त रहेको हो।

शनिबार साँझदेखि कफ्र्यु लगाउने अवस्था सिर्जना हुँदा उच्च सुरक्षाको पनि ध्यान तानिएको छ।  

घटनास्थलमा नेपाल प्रहरीका मधेस प्रदेश प्रमुख डिआइजी यज्ञ विनोद पोखरेल, सशस्त्र प्रहरी बल मधेस प्रदेश प्रमुख डिआइजी दीपेन्द्र शाहसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख घटनास्थल पुगेका छन्।

प्रकाशित: ६ फाल्गुन २०८० ०९:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App