९ माघ २०८१ बुधबार
image/svg+xml
समाज

जलविद्युतको संरचना तोडफोड गर्ने युवक पक्राउ

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा रहेको एक जलविद्युत् आयोजनाको संरचना तोडफोड गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्थानीय २२ वर्षीय बसन्त लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शर्माले जानकारी दिए। शर्माका अनुसार निज लिम्बूले मेरिङदेन गाउँपालिका वडा नं ५ मा रहेको ९.३ मेगावाट क्षमताको सिवाखोला विद्युत् आयोजनाको बाँधस्थल नजिकै रहेको साइड कार्यालय र कर्मचारी आवास गृहमा प्रवेश गरी तोडफोड गरेका थिए

उनले मादक पदार्थ सेवन गरी आवास गृहको झ्यालढोका फुटाउनुका साथै विद्युतीय उपकरण, शौचालय, स्नान गृहसहितका सामान तोडफोड गरेको प्रहरीले बताएको छ। उनलाई आपराधिक उपद्रव मुद्दा शीर्षकमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ९ माघ २०८१ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App