२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अभियन्ता 'ईः' विरुद्ध ललितपुरका स्थानीयको प्रदर्शन

सामाजिक अभियन्ता 'ईः' का विरुद्ध ललितपुरका स्थानीयहरुले प्रदर्शन गरेका छन्।

फुटपाथमा व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध १०८ मिनेट उभिने निर्णय गरेको 'ईः' विरुद्ध स्थानीयले नै प्रदर्शन गरेका हुन्।

मंगलबार दिउँसो ३ बजे अभियन्ता ई ले ललितपुर महानगरले फुटपाथ व्यवसाय गर्न नदिने निर्णय गरेको भन्दै प्रदर्शन गर्न महानगर अगाडि पुगेका थिए।

उनले प्रदर्शन गर्न लागेपछि स्थानीयहरूले पनि फुटपाथमा व्यवसाय गर्न नपाउने भन्दै प्रदर्शन गर्न पुगेका हुन्।  

स्थानीयले फुटपाथमा हिँड्न पाउनु पैदल यात्रीको पहिलो अधिकार भएको ब्यानरसहित प्रदर्शन गरेका छन्। उनीहरूले फुटपाथमा हिँड्न पाउने अधिकार हनन नगर्न समेत माग गरेका छन्।

प्रकाशित: २६ मंसिर २०८० ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App