७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पटकाजन्य पदार्थमा कडाइ

चाडपर्वको समयमा पटका, भुइँचम्पा र आतसबाजी लगायतका विस्फोटक पदार्थको ओसारपसार तथा प्रयोग हुन दिन ताप्लेजुङ प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको छ।

पटका, भुइँचम्पा र आतसबाजीजस्ता विस्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने, चोटपटक लाग्ने तथा आगलागी जस्ता दुर्घटना हुन सक्ने जोखिम रहेकाले यस्ता विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात, बिक्री–वितरण र ओसारपसार विरुद्ध विशेष निरागानी अभियान चलाइएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) राजन लिम्बूले जानकारी दिए। उनले यस्ता विस्फोटक पदार्थको ओसारपसारविरुद्ध ताप्लेजुङ प्रवेश गर्ने नाकाहरूमा चेकजाँचमा कडाइ गरिएको बताए।

विस्फोटक पदार्थको ओसारपसारविरुद्ध नाङखोल्याङस्थित मेवाखा प्रहरी चौकीमा २४ घण्टा नै चेकजाँच गर्न थालिएको प्रहरीले जानकारी दिएको छ। लुकिछिपी हुने यसको प्रयोग रोक्न गस्ती बढाइएको र ठाउँ ठाउँमा सादा पोसाकका प्रहरी परिचालन गरिएको डिएसपी लिम्बूले बताए।

दसैंको अवधि समाप्त भई तिहारको अवधि सुरु भएको र यो बेला सेलरोटीसहित विभिन्न प्रकारका उपभोग्य सामग्री बनाउने क्रममा सम्भावित आगलागीको जोखिमसमेत हुने भएकाले सावधानी अपनाइदिन प्रहरीले आग्रह गरेको छ।

बजार क्षेत्रका अधिकांश घर काठ र टिनले बनेका पुराना प्रकृतिका भएकाले आगलागीको बढी जोखिम हुने हुनाले पटका, भुइँचम्पा र आतसबाजी जस्ता विस्फोटक पदार्थको प्रयोग नगर्न तथा आगो बाल्दा रुँघेर बाल्न र काम सकिएपछि आगोलाई पूर्ण रूपमा निभाउनसमेत प्रहरीले सबैलाई आग्रह गरेको छ।

सुक्खा मौसमसमेत सुरु भएकाले यो बेला आगलागीको जोखिम बढी हुने भन्दै प्रहरीले आगलागीविरुद्ध सावधानी अपनाउन आग्रहसमेत गरेको छ। प्रहरीले पटका, भुइँचम्पा र आतसबाजी जस्ता विस्फोटक पदार्थको खरिद–बिक्री नगर्न र गरेको पाइए कानुनअनुसार हुनेसमेत बताएको छ।  

प्रकाशित: १७ कार्तिक २०८० ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App