१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

दाउन्नेमा सुक्खा पहिरो खस्यो, बाटो पूर्ण रूपमा बन्द

पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्ड अन्तर्गतको दाउन्नेमा सुक्खा पहिरो खसेको छ। 

मंगलबार बिहान दाउन्नेमा सुक्खा पहिरो खसेको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी नायव उपरीक्षक (डिएसपी) मधु नेपालले जानकारी दिए।

उनका अनुसार विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा बाबा मन्दिर नजिकै पहिरो खसेको हो। नेपालले भने,'विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा बाबा मन्दिर नजिकै पहिरो खसेको छ। सडकको माथिबाट पनि पहिरो आएको छ भने सडकको तल्लो भाग पनि खसेको छ। उक्त ठाउँमा सवारी साधनहरु एकतर्फी मात्र चलेको थियो। अहिले पहिरो गएपछि पूर्ण रुपमा बन्द भएको छ।'

अहिले पहिरो हटाउने क्रम जारी रहेको उनले बताए।  आज दिनभरिमा पहिरो हटाइसक्ने उनको भनाइ छ। 

प्रकाशित: ९ वैशाख २०८२ १४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App